• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

प्रिप्राका विपन्न तामाङ समुदायलाई फाइवर सिरक

प्रिप्राका विपन्न तामाङ समुदायलाई फाइवर सिरक
न्यूज टुडे
राजविराज, २० माघ । 
सोनाम ल्होछारको अवसरमा धर्मिहल्फा महिला विकास क्लब सप्तरीले सप्तरीको कञ्चनरुप नगरपालिका – ५ प्रिप्राका पाँंच विपन्न तामाङ समुदायलाई फाइवर सिरक वितरण गरेको छ । नेपाल तामाङ घेदुङ कञ्चनरुप नगरपालिका अध्यक्ष चतुरमान तामाङको अध्यक्षता तथा क्लबका अध्यक्ष समाजसेवी इन्जिनियर सूर्यनारायण यादवको प्रमुख आतिथ्यमा आइतबार आयोजित एक समारोहका वीच ऊनीहरुलाई फाइवर सिरक वितरण गरिएको हो । 
सिरक वितरण पछि सामुहिक तस्वीरमा समाजसेवी इन्जिनियर यादवसहित घेदुङका पदाधिकारी । फोटो : न्यूज टुडे

स्थानीय शान्तिमाया स्याङ्दन, टिकामाया स्याङ्दन, इन्द्रकला बल तामाङ, सुगम्ध ग्लान तामाङ र विष्णुमाया घिसिङ तामाङलाई प्रति व्यक्ति १ थानको दरले प्रमुख अतिथि समाजसेवी इन्जिनियर यादवले फाइवर सिरक वितरण गरे । 
विपन्न तामाङ परिवारलाई सिरक वितरण गर्दै प्रमुख अतिथि समाजसेवी इन्जिनियर यादवले बालबालिकालाई उच्च शिक्षा र राम्रो संस्कार सिकाउन आग्रह गरे । शिक्षा नै उन्नतिको प्रमुख आधार भएको उल्लेख गर्दै समाजसेवी इन्जिनियर यादवले सामाजिक विकासका लागि शिक्षामा जोड दिए ।
सिरक पाएपछि हर्षित ज्येष्ठ नागरिक तथा विपन्न तामाङ समु। फोटो : न्यूज टुडे
नेपाल तामाङ घेदुङका संघीय सदस्य एवम् सप्तरी जिल्ला इन्चार्ज भिम घिसिङले तामाङ समुदाय आफ्नै कारणले पछाडि परेको टिप्पणी गरे ।  अधिकार प्राप्तिका लागि कर्तव्य पनि निर्वाह गर्नुपर्नेमा जोड दिदै उनले आफ्नो भाषा, धर्म, संस्कृति र संस्कारलाई महत्त्व नदिदा तामाङ हरेक क्षेत्रमा पछाडि परेको बताए । 
नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सूर्यमान तामाङले सोनाम ल्होछार अवसरमा क्लबको सहयोग लिएर विपन्न तामाङ समुदायलाई फाइबर सिरक प्रदान गरिएको बताए ।  सिरक सहयोग गरि तामाङ समुदायलाई ल्होछार मान्न हौसला दिएकोप्रति क्लबका अध्यक्ष समाजसेवी इन्जिनियर यादवलाई धन्यवाद व्यक्त गर्दै उनले तामाङ समुदायलाई हर्सोउल्लासको साथ पाँचदिन सम्म मान्यजनको हातबाट टीका खदा ग्रहण गरि ल्होछार मनाउन आग्रह गरे । 
नेपाल तामाङ घेदुङ सप्तरीका सहसचिव स्थानीय तिर्थ मोक्तानले तामाङ समुदायको प्रमुख चार्डको अवसर पारेर गरिएको सिरक वितरणले ल्होछार मान्न थप हौसला मिलेको तथा ज्येष्ठ नागरिकलाई चिसोबाट जोगाउन ठुलो राहत पुगेको भन्दै खुशी व्यक्त गरे ।
कार्यक्रम संचालन नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशका महासचिव बृजमान तामाङले गरेका थिए ।