प्रतिनिधिसभाको बैठक शुक्रबारदेखि सुरु भएको छ । बैठकको पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वमा बनेको सरकारले साढे ६ महिनाभित्र गरेका उपलब्धिहरुको फेहरिस्त प्रस्तुत गर्नुभएको छ ।
वहाँले उल्लेख गरेका कामहरुमा मुलुकको आर्थिक सूचकांकमा सुधार आएको समेत दावी गरिएको छ । प्रधानमन्त्रीले भनेझै आर्थिक सूचकांकमा सुधार आएको जहाँसम्म कुरा छ त्यसलाई धरातलमा जनताले महशुस गर्न सकिरहेका छैनन् । यदि त्यसो हुन्थ्यो भने रोजगारीको खोजीमा यति ठूलो संख्यामा युवाशक्ति विदेशिने अवस्था आउने थिएन होला । सही तरिकाले विश्लेषण गर्ने हो भने मुलुकमा बेरोजगारीको समस्या गम्भीर बन्दै गएको छ । रोजगारीका अवसर सिर्जना हुन नसकेका कारणले गरिबी बढ्दो छ । महँगी चरम रुपमा बढेको छ भने भ्रष्टाचार बढेको अवस्था छ । ठूला–ठूला भ्रष्टाचारमा संलग्नमाथि अझै कारवाही हुन सकेको छैन ।
जनताका मनमा व्याप्त नैराश्यता हटाउँदै महँगी भ्रष्टाचार, ढिलासुस्ती नियन्त्रण गरी स्वदेशमा रोजगारी सिर्जनामा संसदले सरकारलाई निर्देश गर्न सकोस् भन्ने जनअपेक्षालाई मनन गर्न आवश्यक छ ।