• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

कटैया स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर संचालन

कटैया स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर संचालन
नर्मदेव यादव
रुपनी, १८ माघ । 
सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ३ स्थित कटैया स्वास्थ्य चौकीमा शुक्रबार एक दिने स्वास्थ्य शिविर संचालन गरिएको छ। युनिक मेडिकल कलेज एण्ड टिचिङ होस्पिट्लको समन्वयमा गाउँपालिकाद्वारा स्वास्थ्य शिविर आयोजना गरेको।हो ।
वडा नम्बर ३ का अध्यक्ष अमरलाल मुखियाको अध्यक्षतामा आयोजित शिविरको रुपनी गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवले व्यानर पढेर उद्घाटन गरे।
शिविर उद्घाटन गर्दै अध्यक्ष यादवले गाउँपालिकाको जनताको स्वस्थ्य सुविधाका लागि२०८१ अषाढसम्मका लागि प्रत्येक महिनाको ६ दिन सबैवडामा निशुल्क स्वास्थ्य शिविर  संचाल गर्ने बताए । उनले युनिक मेडिकल कलेज एण्ड टिचिङ होस्पिटलसंग महिनाको ६ दिन ६ वटै वडामा सेवा दिने सम्झौता भएको  जानकारी दिए । 
कार्यक्रम अनुसार वडा नम्बर १को स्वास्थ्य चौकीमा ६ गते वडा नम्बर २ को पिपराही स्वास्थ्य चौकीमा १० गते वडा नम्बर ३ को कटैया स्वास्थ्य चौकीमा १८ गते, वडा नम्बर  ४ को जमुनी मधेपुरा स्वास्थ्य चौकीमा २१ गते वडा नम्बर  ५ को स्वास्थ्य चौकीमा २५ गते र  वडा नम्बर६ को तेरहौता स्वास्थ्य चौकीमा ३० गते शिविर संचालन हुने उनले बताए । 
उनले शिविरमा जेनरल फिजिसियन,अर्थोपेटिक,महिला तथा प्रसुती,पेडेटिक ( बच्चा  सम्बन्धि  )छ्ला रोग,यौन रोग विशेषज्ञहरुद्वारा सेवा प्रदान गर्ने बताए ।
शिविरमा ल्याव,इसिजी,गर्ववती महिलाको लागि भिडियो एक्सरे, अन्य जाँचसहिका सेवा निशुल्क प्रदान गरिने अध्यक्ष यादवले जानकारी दिए । 
युनिक होस्पिलका  जेनरल फिजिसियन डा. रविन्द्र कुमार  चौधरी,  सिनियर हेल्थ असिस्टेन्ट सत्यनारायण यादव, वडा नम्बर ३ का स्वास्थ्य चौकी प्रमुख बैधनाथ मण्डल,काली प्रसाद यादवको सहयोगमा ६७ जनाले स्वास्थ्य लाभ लिएका छन् । 
शिविरमा पुरुष ३० महिला ३७ जनाले स्वास्थ्य जाँच गराएको स्वास्थ्य चौकी  प्रमुख मण्डलले जानकारी दिए ।
कार्यक्रम संचालन गाउँपालिकाका सुचना अधिकारी रामकुमार चौरसियाले  गरेका थिए।