नेपाल तामाङ घेदुङ सप्तरीद्वारा धर्मिहल्फा महिला विकास क्लब सप्तरीका अध्यक्ष समाजसेवी इन्जिनियर सूर्यनारायण यादवसहित २ दर्जन व्यक्तित्वलाई सम्मान गरेको छ । २८६१ औं सोनाम ल्होछारको अवसरमा सप्तरीको रुपनी गाउँपालिका ६ नयाँबस्तीमा बिहिवार आयोजित एक समारोहका वीच उनीहरुलाई सम्मान पत्र र नगदसहित सम्मान गरिएको हो ।पूर्व गृह, सञ्चार तथा कानूनमन्त्री मो. समिमबाट सम्मान ग्रहण गर्दै समाजासेवी इन्जिनियर यादव फोटो : न्यूज टुडे
सम्मानपत्र र नगद पुरस्कार प्रदान गर्दै संघीय उपाध्यक्ष धर्म लामा । फोटो : न्यूज टुडे
कार्यक्रममा समाजसेवी इन्जिनियर यादव, नेपाल तामाङ साँस्कृतिक घेदुङ सप्तरीका अध्यक्ष टिक बहादुर लो तामाङ, कलाकार रुपनी गाउँपालिका ६ विरेन्द्र बजारकी भद्र कुमारी लामा सिंदन, अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ चाँदनी चौककी गिता गोले तामाङ,रुपनी गाउँपालिका ६ विरेन्द्र बजारकी फुलमाया योन्जन तामाङ ( मन्दिरा),अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ की आरोसी मोक्तान तामाङ,अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ चाँदनी चौककी रेशु लो तामाङ, गंगा गोले तामाङ,रुपनी गाउँपालिका ६ विरेन्द्र बजारकी सिमा सिंदन तामाङ, उर्मिला राई, रुपनी गाउँपालिका ६ मिलन चौककी आरती थिङ तामाङ रहेका छन् ।
पुरस्कार प्रदान गर्दै रुपनी गाउँपालिका अध्यक्ष दिनेश कुमार यादव । फोटो : न्यूज टुडे
यसैगरी अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ चाँदनी चौककी सरस्वती गोले तामाङ ,अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ का विक्रम घिसिङ तामाङ, रुपनी गाउँपालिका ६ मिलन चौकका विशान लो तामाङ,अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ चाँदनी चौककी सोनिका लो तामाङ, रुपनी गाउँपालिका ६ विरेन्द्र बजारकी डोल्मा योन्जन तामाङ,करिणा राई,रुपनी गाउँपालिका ६ मिलन चौकका घमान सिंह सिंदन तामाङ,अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ चाँदनी चौकका बृजमान तामाङ,रुपनी गाउँपालिका ६ नयाँबस्तीका विज्ञान गोले तामाङ,अनिल जिम्बा तामाङ, मिलन गोले तामाङ, भुमिराज मगर रहेका छन् ।
उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेशका पूर्व गृह, सञ्चार तथा कानुनमन्त्री मो.समिम, घेदुङका संघीय उपाध्यक्ष धर्म डुम्जन लामालगायतका अतिथिगणले सम्मान गरे ।
कार्यक्रममा मञ्चासीन प्रमुख अतिथिसहित अतिथिगाण । फोटो: न्यूज टुडे
समाजसेवी इन्जिनियर यादवले तामाङ समुदायको संस्थागत तथा सामाजिक विकासमा अतुलनीय योगदान गरेकोले सम्मान पत्र, खदा, टोपीद्वारा तथा कलाकारिताको माध्यमबाट संस्कार र संस्कृति संरक्षणमा अविस्मरणीय योगदान गरेकाले उनीहरुको उच्च सम्मानका साथ नगद राशीसहित सम्मान पत्र र खदा लगाएर सम्मान गरिएको नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सूर्यमान तामाङले जानकारी दिए ।