विगतमा बालबालिकाको पाठ्यक्रममा नैतिक शिक्षालाई अनिवार्य गरिएको थियो ।
देशको माया, इतिहास संस्कृति माया, राष्ट्रको विकास लगायतका बारेमा नैतिक शिक्षामा पढाई हुन्थ्यो । व्यक्तिको चरित्र निर्माण तथा नैतिक धरातल उच्च तुल्याउनका लागि नैतिक शिक्षाले पक्कै पनि केही न केही योगदान पु¥याउने गरेको भएपनि अहिले त्यसलाई पाठ्यक्रमबाट हटाईएको छ । यो विषय हटाएर कसलाई के फाइदा पुगेको छ भन्ने त नसकिएला । तर व्यक्तिको सोच, व्यवहार र आचरणमा सुधार ल्याउन मद्दत दिने उक्त विषयलाई हटाउनु उचित थिएन भन्ने कुरा अहलिे जताततै उठन थालेको छ । गर्नुपर्ने जिम्मेवारी तथा गर्न नहुने कुराका बारेमा सुक्ष्म रुपले लेखाजोखा गरी विद्यालय स्तरबाटै नैतिकताका बारेमा सिकाईन ‘नैतिक शिक्षा’ अति नै उपयोगी तथा अनुशरण गर्न लायक रहेकोमा कुनै आशंका थिएन । तर परिवर्तनको वा संशोधनको नाममा यसरी राम्रो विषयलाई पनि जरो उखेलेर फाल्ने जुन कार्य गरियो त्यसले छाडा प्रवृत्तिले चाहीँ प्रश्रय पाउने सम्भावनालाई भने बढाएको मान्नु पर्दछ ।
हाम्रा सामाजिक मर्यादा, नागरिकको कर्तव्य, अग्रजप्रतिको सम्मान, अनुजप्रतिको माया र प्रेमभाव, राष्ट्रभक्ति, संस्कृतिको जगेर्ना जस्ता कुरामा जोड दिने नैतिक शिक्षा अवश्य पनि व्यक्तिको नैतिक स्तर उच्च तुल्याउनमा सहयोगी रहँदै आएको थियो । त्यसलाई पाठ्यक्रममा पुनः समावेश गर्नेतिर विचार पु¥याउन सकिए पक्कै लाभप्रद हुने छ ।