राजविराजका विभिन्न सार्वजनिक स्थलहरुमा अचेल दुर्व्यसनीको जमघट भईरहँदा पनि त्यसको नियन्त्रणलाई सम्बन्धित निकायको ध्यान पुग्न सकिरहेको छैन ।
विद्यालय बन्द रहेको अवस्थामा त्यसको कम्पाउण्ड, चउर लगायतका एकान्त स्थलमा भेला हुने, गाँजा लगायतका विभिन्न नशालु पदार्थको सेवन गर्नेहरुको जनमट भई रहेतापनि तिनमाथि कडाई गर्ने तर्फ चासो नलिनाले दुव्र्यसनीहरुका लागि आफ्नो गतिविधि चलाउन सहज बन्दै गएको हो । राजविराजस्थित विभिन्न खेलमैदानको कुनाकानी, रुखको आडमा बसेर नशालु पदार्थ सेवन गर्नेहरु पनि बढ्दै गएका छन् । यस प्रकारका कुलतमाथि नियन्त्रण गरिएन भने लागु औषधीका सेवनकर्ताहरु बढ्दै जाने र भविष्यमा गएर यो एक गम्भीर समस्या नबन्ला भन्न सकिन्न । लागू औषधका सेवनकर्ताहरुको संख्या बढ्दै जानाले यसको कारोबार पनि भईरहेको छ भन्ने रुपमा बुझ्न आवश्यक छ । बिक्री वितरण नभईकन त्यसका सेवनकर्ताहरुको संख्या त्यसै बढ्ने होईन ।
त्यसैले यसको कारोबारमाथि नियन्त्रणका लागि पनि यस्ता गतिविधिमाथि रोक लगाउन आवश्यक छ । लागू औषधको सेवन तथा कारोबारका कारण आपराधिक घटना, दुर्घटनामा पनि वृद्धि हुने भएकाले शान्ति सुरक्षा बहालीका लागि पनि यस्ता कुरामाथि जोडदिनु पर्ने हुन्छ । यसप्रति स्थानीय प्रहरी प्रशासनको ध्यानाकर्षण जरुरी छ । दुव्र्यसनका लागि सार्वजनिक स्थल प्रोग गरिनाले त्यहाँको वातावरण समेत विग्रने र अन्य नकारात्मक प्रभाव पर्ने कुरालाई पनि नकार्न मिल्दैन ।