न्यूज टुडे
राजविराज, १५ माघ ।
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ स्थित भुर्कीमा मंगलबार करेन्ट लागेर एक ४० बर्षिय युवकको मृत्यु भएको छ । स्थानीय संजय कुमार चौधरीको विहान ८ बजे करेन्ट लागेर मृत्यु भएको हो ।
विहान घर नजिकै मोटरबाट प्याज बारीमा पानी लगाउने क्रममा तारबाट करेन्ट लागेर भाईको ज्यान गएको मृतकका दाजु राम कुमार चौधरीले जानकारी दिए । उनले करेन्ट लागेर सख्त घाइते भाइको उपचारको क्रममा राजविराज अस्पतालमा मृत्यु भएको बताए ।
मृतकको शव परिक्षणका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पठाइएको तथा घटनाको बारे अनुसन्धान भइरहेको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी जितेन्द्र कुमार बस्नेत जानकारी दिए ।