माघ लागेपछि पतझडको क्रम पनि सुरु भएको छ । रुखका पात झर्ने क्रम बढ्ने र घाममा सुक्दे जाने हुनाले वनज·लमा ढँडेलो लाग्ने जोखिम पनि वढी रहन्छ । वनज·लमा थुप्रेका पातपटि·रमा चुरोट, बिडीको ठुटोलाई आगो ननिभाईकन प्mयाँक्नाले त्यसबाटै सल्केको आगो ज·लभरि फैलन सक्दछ ।
यसैगरी पुराना पातपटि·र डढाएपछि नयाँ घाँस पलाउँछ भन्ने सोचका साथ पनि वनमा कसैकसैले आगो झोसिदिने गरेका उदाहरण पनि विगतमा नदेखिएका होइनन । वनमा आगो लाग्दा यसले अनेक प्रकारका विनाश निम्त्याउँछ । आगोले वनका सुकेका रुख र काठ डढ्दा करोडौंको नोक्सानी त हुन्छ नै । यसका साथसाथै वासस्थलका रुपमा रहेको वनमा आगो फैलँदा वन्यजन्तुलाई सकस पर्ने वातावरण प्रदुषित तुल्याउने गर्मी बढ्ने र छेउछाउका बस्तीमा समेत आगो फैलिएर जनधनको क्षति हुने लगायतका जोखिमलाई नकार्न सकिँदैन । सुक्खायामभरि डँढेलोबाट जोगाउन वन क्षेत्रको विशेष निगरानी गर्नुपर्ने आवश्यकतालाई मनन गर्दै त्यस अनुसारको व्यवस्था मिलाउने वन क्षेत्रमा अनाधिकृत प्रवेश रोक्ने, नियमित गस्ती गर्ने, वनज·लमा ठाउँठाउँमा फायर लाइन बनाएर आगो लाग्दा पूरै ज·लमा फैलिन नसक्ने गरी व्यवस्था मिलाउने लगायतका उपाय अपनाउन सकियो भने वनको सुरक्षाका लागि यस्ता उपाय प्रभावकारी बन्न सक्दछन् । सरकारले वनज·लको सुरक्षार्थ वर्षेनी ठूला रकम खर्च गर्दै आएको छ । संघ र प्रदेशमा वन मन्त्रालयको पनि उपस्थिति छ । जिल्ला जिल्लामा वन संरक्षणका लागि कार्यालय तथा इलाका स्तरीय यूनिक समेत स्थापना भएका छन् । तर पनि वनको विनाश नरोकिनुलाई चिन्ताकै विषय मान्नुपर्ने हुन्छ । वनज·लको महत्व र आवश्यकता तथा यसको संरक्षणका लागि सामुदायिक स्तरसम्म चेतनामूलक कार्यक्रम लगेर जनतालाई जानकारी दिने काम भयो भने यसले पनि वनसंरक्षणका लागि टेवा पुग्न सक्दछ ।
काठ तस्करहरुले गर्ने चलखेल तथा वनमाथि हुने गरेको विभिन्न प्रकारको दोहनलाई पूर्ण रुपमा नियन्त्रण गर्न नसकिएको अवस्थामा वर्षेनी सुक्खायाममा फैलने गरेको डँढेलोले थप क्षति गर्दै आएको छ । यसलाई रोक्नका लागि थप सक्रियताको आवश्यकता छ ।