• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

प्रहरी हिरासतमा रहेको पत्रकार यादव अस्पताल भर्ना

प्रहरी हिरासतमा रहेको पत्रकार यादव अस्पताल भर्ना
न्यूज टुडे
राजविराज, ०९ माघ । 
प्रहरीले बुधबार गिरफ्तार गरेका पत्रकार वैद्यनाथ यादवको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् । प्रहरी हिरासतमै एक्कसी बेहोस भएर ढलेपछी यादव उपचारको लागि अस्पतालमा भर्ना भएका हुन् । 
नेपाल पत्रकार महासंघ सप्तरी शाखा सल्लाहकार एवम् पूर्व उपाध्यक्ष यादवलाई प्रहरीले  बुधबार विहान ८ बजे गिरफ्तार गरेका थिए ।  प्रहरीले बोलाएर थुनुवा कक्षमा पुर्‍याउनसाथ पत्रकार यादव बेहोस भएर ढलेका थिए । 
उनको स्थानीय  गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार सम्भाव नभएपछि अन्तै रेफर गरिएको सप्तरी प्रहरीले जनाएको छ ।  उनी विरुद्ध ठगी तथा अपराधिक विश्वासघात मुद्दा परेपछि अदालतबाट पक्राउ पुर्जी जारी भई अनुसन्धानको लागि नियन्त्रणमा लिएको सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले बताए । 
तिलाठी-कोइलाडी गाउँपालिका  वडा नम्बर ८ का राम बहादुर रजक ( हनुमानी) विरुद्ध पैसा डव्वल गर्ने ठगी धन्दा गरेको उजुरी परेपछि प्रहरीले नियन्त्रणमा लिएका थिए ।  पत्रकार यादवमाथि पनि सोही आरोपमा उजुरी परेकाले अनुसन्धानका लागि पक्राउ गरेको एसपी ढकालले बताए । 
यता पत्रकार यादवले जनमत पार्टीका अध्यक्ष डा. सिके राउतकी श्रीमती सोनी सिन्धु रानीलाई सहयोग गरेको आरोपमा कार्यकर्ता मार्फत झुठो मुद्दा लगाएर फसाउन खोजिएको दावी गर्दै आएका छन् ।  डा. राउतकै निर्देशमा मधेस प्रदेशका मुख्यमन्त्री सतिष कुमार सिंहको दवावमा प्रहरीले श्रीमानलाई गिरफ्तार गरेको पत्रकार यादवकी श्रीमती इन्दुमाया यादवको आरोप छ । 
स्थानीय तह निर्वाचन ०७९ मा जनमत पार्टीको तर्फबाट तिलाठी कोइलाडी गाउँपालिका ८ बाट वडा अध्यक्षका उम्मेदवार भरत कुमार ठाकुरले  पत्रकार यादव विरुद्ध  २०८१ /०८ /२० गते प्रहरीमा जाहेरी दर्ता गराएका थिए । 
वडा अध्यक्षमा जसपा नेपालका सत्यनारायण यादव ७ सय २१ मत ल्याएर विजयी हुँदा जनमतका उम्मेदवार ठाकुरले १ सय ३६ मत ल्याएर चौथो स्थान कायम गरेका थिए । 
यादवलाई थप उपचारका लागि विराटनगर रेफर गरिएको जनाइएको छ ।