न्यूज टुडे
राजविराज, ८ माघ ।
सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा सञ्चालित छैठो मेयरकप २०८१ फुटबल प्रतियोगिताको सेमिफाइनमा आयोजक सन्यासी युवा क्लब पोखरिया प्रवेश गरेको छ । मंगलवार सम्पन्न खेलमा स्पोर्टस एकेडेमी बिराटनगर मोरङ्गलाई शून्यका बिरुद्ध एक गोल अन्तरले पराजित गर्दै आयोजक सन्यासी क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।
शम्भुनाथ नगरपालिकाको सहयोगमा सन्यासी युवा क्लब पोखरिया सप्तरीको संयोजन तथा छैठो मेयरकप २०८१ फुटबल प्रतियोगिता सञ्चालन गरिएको जनाइएको छ ।
प्रतियोगिताको पहिलो हाफको २७ औं मिनेटमा सन्यासी क्लबका जर्सी नम्बर ६ का खेलाडीले गोल गरी टिमको जित निश्चित गरेको थियो ।प्रतियोगिता अन्तर्गत भोली बुधवार त्रियुगा स्पोर्टस क्लब फत्तेपुर सप्तरी र बैलखारी युवा क्लब महोत्तरीबीच हुने सन्यासी युवा क्लवका सचिव श्रवण कुमार चौधरीले जानकारी दिए ।
सप्तरीसहित सिरहा, महोत्तरी, उदयपुर र मोरङ्गका १० टिमको सहभागिता रहेको सो प्रतियोगिताका बिजेता टिमले नगद रु. ५५ हजार तथा ट्रफि र उपविजेता टिमले नगद रु. ४५ हजार तथा कप प्राप्त गर्ने आयोजकले जनाएको छ । सन्यासी युवा क्लवले गत २०४३ सालदेखि फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।