• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको कुराले सप्तरीबासीलाई एक समय निकै प्रफुल्लित र उत्साहित तुल्यायो ।
यस क्रममा सुरुवाती चरणमा केही रकम समेत छुट्याएर प्रारम्भिक काम सुरु समेत भएपछि स्वास्थ्य विज्ञापन प्रतिष्ठान स्थापना हुने कुरामा अझै विश्वास थपियो जुन स्वाभाविक पनि थियो । अधिकांश सप्तरीबासीको जीवीकोपार्जनको मूल आधार कृषि रहेको तर उत्पादनलाई सुरक्षित राख्न कोल्ड स्टोर रहित भण्डाराको आवश्यकता बोध गरी राजविराज तथा शम्भुनाथ नगरपालिका लगायतमा त्यसको निर्माण गर्ने भनी योजना अघि सारियो । यस क्रममा केही काम पनि भयो तर प्रतिष्ठान तथा कोल्ड स्टोरको काम यतिबेला अलपत्र रहेको कारणले पहिलेको खुशी र उत्साह अहिले निराशामा परिणत हुदैछ । कुरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोल्ड स्टोरको मात्र होईन राजविराजको कन्या छात्रावास, विष्णुपुर गाउँपालिकाको दलित छात्रावास, जिल्लाका विभिन्न ठाउँमा सञ्चालित खानेपानी सहितका धेरै योजना अहिले अधुरो तथा अलपत्र अवस्थामा छन् । हचुवाका तालमा सुरु गरिएका कतिपय योजना जग्गा घेरेर साईनबोर्ड मात्र लगाएर त्यत्तिकै छाडिएको छ काम अघि बढ्न सकेको छैन । पूरा गर्न नसकेर अलपत्र छाड्नु भन्दा त्यस्ता योजनालाई सुरुवात नै नगर्दा राम्रो हो । किनभने योजना प्रारम्भ गरिसकेपछि त्यसमा लगानी पनि बढ्दै जान्छ । तर बीचमै त्यसलाई अलपत्र छाड्दा त्यसमाथि गरिएको खर्च निरर्थक भएर जाने हुन्छ । अधुरो योजनाले जनतालाई कुनै प्रकारको सुविधा त प्राप्त हुँदैन नै तर त्यसमाथि जेजति खर्च गरिएको हो त्यो डुब्ने चाहीँ निश्चित नै भएका कारण अधुरा योजनाहरुलाई नियमित काम जारी राखेर पूरा गराउनेतर्फ ध्यान दिन आवश्यक छ ।
बजेट खपत गराउने, कमिशन लिने र आफू कमाउने तर योजनालाई डुबाउने नियतका साथ काम गरिएको हो भने त्यसको छानविन गरी दोषीमाथि कारवाही चलाउनु पर्दछ ।