न्यूज टुडे
राजविराज ०६ माघ ।
ठण्डी बढेपछि सप्तरीको विष्णुपुर गाउँपालिका अन्तर्गतका विद्यालयहरूमा पाँच दिनका लागि जाडो बिदा दिएको छ । शीतलहरूसँगै बढ्दै गएको चिसो मौसमलाई मध्यनजर गर्दै गाउँपालिकाले विद्यालयहरूमा सोमबारदेखि पाँच दिनका लागि जाडो बिदा दिएको हो ।
गाउँपालिकाले गाउँपालिकाको शैक्षिक पात्रोमा तोकिएको ५० दिनको बिदाबाट कट्टा हुने गरी माघ ७ गते सोमबार देखि माघ ११ गते शुक्रबारसम्म विष्णुपुर गाउँपालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा जाडो बिदा दिइएको विष्णुपुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत उज्जवल आनन्दले आइतबार जारी गरेको सूचनामा उल्लेख छ ।
अब गाउँपालिकाका विद्यालयहरू माघ ११ गते शुक्रबारदेखि नियमित सञ्चालनमा आउने उनले जारी गरेको सूचना भनिएको छ ।
सप्तरी सहित तराई–मधेसमा माघ १ गते देखि फेरी चिसो बढ्दै गएका कारण जनजीवन प्रभावित भएको छ ।
हुस्सु लाग्नुका साथै शीतलहर पनि चल्न थालेपछि खासगरी वृद्धवृद्धा, बालबालिका र दैनिक ज्याला मजदुरीमा काम गर्नेहरूलाई बढी सास्ती खेप्नुपरेको छ ।