• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

पुस भरि सामान्य रहेको मधेश प्रदेशको मौसम माघ लागेपछि क्रमशः विग्रन थालेको छ । पुसमा सबै भन्दा बढी ठण्डी हुने भएपनि यस पटक माघ लागेपछि ठण्डी बढ्न थालेको हो ।
गतिलो (न्यानो) कपडा भएकाहरुलाई ठण्डीले उति साह्रो प्रभावित नतुल्याएपनि विपन्न वर्ग, विरामी, वृद्धवृद्धा, सुत्केरी तथा नाबालकहरुलाई बढी प्रभावित तुल्याउने भएका कारण यस्तालाई लक्षित गरी ठण्डीबाट जोगाउने उपाय गर्न आवश्यक रहन्छ । ठण्डीको प्रकोप बढ्यो भने पीडितलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने सरकारको जिम्मेवारी हुन जान्छ । विपन्न वर्गमा त दिनभरि श्रय गरेर बेलुकाको खानपिनको जोहो मिलाउनु पर्ने हुन्छ । अतः यिनीहरुले आफ्नै खर्चमा ठण्डीबाट सुरक्षित रहने गरी न्यानो लुगाको व्यवस्था गर्न नसक्ने निश्चित नै छ । यस्ताहरुलाई जोगाउने तर्फ व्यवस्था मिलाउन स्थानीय सरकारका रुपमा रहेका पालिकाहरुको नै बढी प्रभावकारी हुने गर्दछ । आपूm नजिकका जनप्रतिनिधिका रुपमा रहेका कारणले पनि पालिकामा प्रतिनिधित्व गर्नेहरुले ठण्डीबाट को को बढी पीडित छन् र उनीहरुका लागि के कस्तो व्यवस्था मिलाउन सकिन्छ भन्ने विषयमा ध्यान दिन सके भने त्यो बढी प्रभावकारी हुनेछ । विपत्तिमा जनताको जीवन रक्षा गर्नु भनेको एक अति पूण्य कार्य पनि हो । जनताप्रतिको जिम्मेवारी बोध गरेको प्रमाणित गराउनका लागि पनि स्थानीय, प्रदेश र केन्द्र सरकारले विपदको यस्तो समयमा बढी चासोका साथ काम गर्नुपर्ने आवश्यकता छ ।
सामान्यतया माघदेखि क्रमशः जाडो कम हुने गरेको भए पनि यस पटक माघमा पर्कन थालेको ठण्डीलाई नजरअन्दाज होईन यसको सामना कसरी गर्न सकिन्छ भन्ने धेयका साथ काम गर्नु नै उत्तम हुनेछ ।