जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले काँग्रेस कम्युनिस्ट पार्टीको ३५ बर्षे प्रत्येक्ष शासन कालमा देशमा भएको विकासलाई समेत समाप्त पार्ने बाहेक कुनै नयाँ उपलब्धिमुलक काम हुन नसकेको बताएका छन् । जनता समाजवादी पार्टी नेपाल सप्तरी निर्वाचन क्षेत्र नम्बर १ द्वारा सप्तरीको कञ्चनरुप नगरपालिकामा बुधबार आयोजित क्षेत्रीय स्तरीय अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले काँग्रेस र कम्युनिस्टको ३५ बर्षे शासनकालमा देश जर्जर अवस्था पुगेको बताए । काँग्रेस-एमालेको शासन कालमा भ्रष्टाचार, लुटतन्त्र, गरिवी, बेरोजगारी अत्याधिक वृद्धि भएको उल्लेख गर्दै उनले साढे तीन दशकको शासन अवधिमा उधोग कलकारखाना ध्वस्त पारेको टिप्पणी गरे ।
अभिमुखिकरण कार्यक्रममा।सहभागी जसपा नेपालका नेताकार्यकर्ता । फोटो : न्यूज टुडे
अध्यक्ष यादवले काँग्रेस- कम्युनिस्ट शासनकालमा सबैभन्दाबढी शिक्षा, स्वास्थ्य ध्वस्त भएको र वेरोजगारी समस्या उत्कर्षमा पुगेको बताए ।
‘काँग्रेस-कम्युनिस्टले देशलाई भ्रष्टाचारको दलदलमा फँसाएको छ, भ्रष्टाचार लुटतन्त्र, कमिसन तन्त्रमा मुलुकलाई चुर्लुम्व डुवाएको छ, अध्यक्ष यादवले भने,’ अहिले मुलुकमा सुशासन छैन, गरिबी बेरोजगारी समस्या वृद्धि तथा उधोग बन्द र कृषि उत्पादन ठप्प हुँदा के हुन्छ ? ।’
कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादव । फोटो : न्यूज टुडे
उनले देश विकास र सुशासनका लागि काँग्रेस कम्युनिस्ट पार्टीको विकल्प खोज्नुपर्नेमा जोड दिए । यादवले राजनीति शोषण, विभेद र लुटको नीति अनुसार काँग्रेस- एमाले संसारमै नभएको अभ्यास अनुरुप दुई ठूलो दल मिलेर सरकार बनाएको आरोप लगाए ।
देश विकासका लागि मधेसी, आदिवासी, दलित, महिला, मुश्लिमसहित उत्पीडित, अपेक्षित अपहेलित जाति समुदाय एकताबद्व भएर संघर्षमा जानुको विकल्प नहेको
जसपा नेपालका केन्द्रीय उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादवले पहिचान प्रतिनिधित्व र अधिकारका लागि एकजुट हुनुपर्नेमा जोड दिए । उनले कुनै जातजाती, लिङ्ग, धर्मको आधारमा बिभाजित हुन नहुने भन्दै सक्रियतापूर्वक संगठन निर्माणमा जुट्न आग्रह गरे ।
जसपा नेपाल सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का अध्यक्ष हेमन्त कुमार बहडेखेरको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य शम्भु झा,भरत महतो लगायतकाले समेत आ-आफ्नो विचार व्यक्त गरे ।
जसपा नेपाल जिल्ला उपसचिव निलेश कुमार झाद्वारा संचालित कार्यक्रममा स्वागत क्षेत्र नम्बर १ का उपाध्यक्ष दक्षनारायण श्रेष्ठले गरे ।
कार्यक्रममा सप्तरी निर्वाचन क्षेत्रमा नम्बर १ अन्तर्गतका केन्द्र, प्रदेश,जिल्ला, क्ष्रेत्र, प्रदेश क्षेत्र,गाउँपालिका, वडा बुथ समितिका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।