हरेक वर्ष माघ २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाईन्छ । यस वर्षको भूकम्प दिवस आउन एक साता मात्र बाँकी रहेको अवस्थामा म·लबार आएको भूकम्पले मुलुकका विभिन्न भागमा हल्लाएको छ ।
बिहान ६ बजेर ५० मिनेटमा नेपाल–चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प जाँदा नेपालमा पनि कडा धक्का दिएको छ । भूकम्पले क्षति पुगेको बारेमा सञ्चार सम्पर्क नभएका क्षेत्र बाहेक अन्यत्र कुनै क्षति नपुगेको प्रारम्भिक विवरण सम्बन्धित निकायमार्फत जानकारी गराईएको छ । नेपाल पनि भूकम्पको उच्च जोखिममा रहेको भनि राष्ट्रिय भूकम्प सुरक्षा दिवसका दिन चर्चा हुने गर्दछ । भूकम्प आफैले क्षति नगरेको पनि मानव निर्मित भौतिक संरचनाबाटै बढी क्षति पुग्ने भएका कारण निर्माण कार्य गर्दा भूकम्पबाट सुरक्षित रहने तवरले गर्नुपर्नेमा जोड दिइँदै आएको छ । सरकारले यस सम्बन्धी नीति बनाएको भएपनि सबैतिर त्यसको अनुशरण हुनु सकेको छैन । बढ्दो शहरीकरण, अव्यवस्थित बसोबास, भूकम्पबाट सुरक्षित रहनका लागि बनाईएको मापदण्ड भवन लगायतका संरचना निर्माणका क्रममा पालना नगर्ने परिपाटीका कारणले जोखिम अझै बढेको अवस्था छ । वर्षमा एक दिन भूकम्प सुरक्षा दिवस मनाएर मात्र अवस्थामा सुधार भईहाल्छ अनि भूकम्पको जोखिम पनि न्यूनीकरण भएर जान्छ भन्ने होईन । मुख्यतः आफूले बनाएको संरचना कतिको भूकम्प प्रतिरोधी छ भन्ने नै हो । माघ २ गतेलाई लक्षित गर्ने भन्दा पनि निर्माणका क्रममा जहिले पनि यस कुरामा ध्यान दिएर मात्र निर्माण गर्ने परम्परा बसालियो भने जोखिम पनि कम हुनेमा विश्वस्त रहन सकिन्छ । अतः भूकम्प जुनसुकै बेला जान सक्ने भएकाले त्यसबाट सुरक्षित उपायका वारेमा पनि नियमित चिन्तनको आवश्यकता छ । मुलुक भूकम्पको उच्च जोखममा छ भन्ने कुरा थाहा भएपछि पनि त्यसबाट सुरक्षित रहने उपायका बारेमा गम्भीरता नदेखाउने हो भने क्षति पनि आफ्नै कारणबाट भएको हो भन्दा अन्यथा नहोला ।
तसर्थ सबैले आ–आप्mनो स्तरबाट निर्माण सहितको पालना गर्न जरुरी छ । त्यस्तो भए मात्र आफू पनि जोगिने र अरुलाई पनि भूकम्पबाट जोगाउनमा सहयोग पुग्नेछ ।