• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रसेवक कर्मचारी स्थायी सरकार भनेर पनि चिनिन्छन् । सेवाग्राही जनताको सरकारी कार्यालयमा आएका बखत काम गरेर सेवा पु¥याईरहेका कारण उनीहरुको भूमिकालाई महत्वका साथ हेरिएको हो भन्दा अन्यथा नहोला ।
सरकारी कार्यालयमा आवश्यक काम लिएर आएका सेवाग्राही ज नताको प्रकृया पूरा भएर आएको कामलाई तत्कालै गरी दिने प्रक्रिया मिलेको छैन यदि भने के–के मिलाएर ल्याउनु पर्ने हो त्यस बारेमा बताएर सहयोग गरिदिने उनीहरुको जिम्मेवारी पनि हो । तर सप्तरीमा कतिपय कार्यालयमा काम लिएर गएका जनताको काम झुलाई दिने, यो वा त्यो बहानामा सेवाग्राहीलाई लामो समयसम्म फाँट फाँटमा दौडधूप गराउने, अप्रत्यक्ष रुपमा घुसको आकांक्षा राख्ने, विचौलिया मार्फत घुसको लेनदेन गर्ने गरेको भनी कतिपय कार्यालयका केही कर्मचारी माथिको जनगुनासो अहिले पनि रहेको नै देखिन्छ । सरकारी दस्तुर बुझाउन आएका सेवाग्राहीले पनि घण्टौं लाईनमा उभिएर बस्नुपर्ने बाध्यता छ । लामो समयदेखि लाईनमा बसेकालाई प्राथमिकता दिएर काम गर्दै बृद्धबृद्धा, अशक्तलाई पहिले नै काम गरिदिएर पठाउने परिपाटी कतिपय कार्यालयहरुमा अहिले पनि बस्न नसकिरहेको अवस्था छ । जनताले तिरेको राजस्वबाट सरकारी कोषमा योगदान पुगिरहेको हुन्छ । यही कोषबाट राष्ट्रसेवक कर्मचारीले पनि तलव, भत्ता तथा अन्य सुविधा पाउने गर्दछन् ।
त्यसैले सेवाग्राहीले भोग्नु परिरहेको सास्तीका बारेमा समेत ख्याल राख्दै उनीहरुको काम छिटो छरितो ढंगबाट गरिदिएर सकेसम्म चाँडै फर्काउनका लागि कर्मचारीको कार्यशैली नै धेरै हदसम्म निर्णायक बन्ने भएका कारण यसप्रति ध्यान दिएर काम गर्नुपर्ने आवश्यकता छ ।