प्रथम एनपिएल विजेता जनकपुर क्रिकेट टिम विजयोत्सव गर्दै गत सोमबार साँझ पख सप्तरीको सदरमुकाम राजविराज आईपुग्यो । खेलाडीसहितको ठूलो युवा जमात उक्त उत्सवमा सहभागी थिए ।
जनकपुरदेखि राजविराजका लागि प्रस्थान गरेको टोलीलाई बाटोमा पर्ने विभिन्न स्थानमा पनि भव्य स्वागत र सम्मान गरिएका कारण तिनमा सहभागिता बनाउँदै साँझ पख राजविराजस्थित राजरंगशालामा पुगेको टोलीको स्वागत कार्यक्रम त्यहाँ जडान गरिएको लाईट (वत्ती) नबल्दा समस्या खडा भयो । पूरै खेल मैदान झिलिमिलि हुने गरी जडान भएको उक्त बत्री विग्रेको अवस्थामा रहेको भएपनि त्यसको मर्मतमा ध्यान नदिईएका कारणले काम परेको समयमा काम चलेन र धोका भयो । पछि अर्को भेपर लाईट झिकाएर उज्यालोमा खेलाडीहरुको सम्मान गरियो । राजरंगशाला स्तरोन्नतिका नाममा पटक–पटक गरेर करोडौंको बजेट खपत भईसकेको छ । कहिले माटो भर्ने, कहिले घेरबेर त कहिले लाइट जडान गर्ने नाममा थरिथरिका योजना मार्फत रंगशालामाथि लगानी हुँदै आएको छ ।
विभिन्न तहका सरकार मार्फत उपलब्ध भएको बजेट आफ्ना कार्यकर्ता मार्फत काम गराउने माध्यमबाट खर्च भईरहने तर त्यसबाट जेजस्तो लाभ मिल्न आवश्यक छ त्यो पक्षतिर ध्यान नदिई फगत रकम खपत गर्ने तिर मात्रै सोच बन्दा यस्ता योजना ‘सेतो हात्ती’ बन्दै गए भनी टिकाटिप्पणी हुन थालेको छ । जडान भएका लाइट बत्ती बिग्रिए भने तिनको तत्काल मर्मत सम्भार तर्फ ध्यान नदिँदा मौकामा काम लाग्दो रहेनछ भन्ने कुराबाट पाठ सिक्न आवश्यक छ ।