• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

शनिबार नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गतको फाईनल खेल सम्पन्न भएको छ । त्रि.वि. मैदान काठमाण्डौंमा आयोजित प्रतियोगतामा दर्शकहरुको खचाखच भिड रह्यो । प्रतियोगिता हेर्नका लागि दर्शकहरुको लागेको ओईरोलाई हेरेर नै खेल प्रेमीहरुमा क्रिकेट प्रतिको कस्तो रुची रहेछ भन्ने कुराको अनुमान लगाउन सकिन्छ ।
मुलुकमा क्रिकेटका राम्रा खेलाडी नरहेका होईनन् । अन्तर्राष्ट्रिय स्तरसम्मै पुगेर उनीहरुले गरेको प्रदर्शनको उत्कृष्टताले पनि यस कुरालाई प्रमाणित गर्दछ । महिला प्रतियोगी समेतले गरेको उत्कृष्ट प्रदर्शनले मुलुकमा त्रिकेटको सम्भाव्यता प्रबल छ भन्ने कुरालाई नै प्रमाणित गर्दछ । तर यसका लागि सरकारी स्तरबाट पनि विशेष ध्यान पु¥याउन आवश्यक छ । खेलाडीहरुको प्रोत्साहन तथा खेलमा लागेवापत उनीहरुका लागि सरकारले के गर्न सक्छ भन्ने अन्य पक्षमा समेत सोच्न सकियो भने खेलाडीहरुका लागि अझै समर्पित भएर लाग्ने उत्प्रेरणा प्राप्त हुन सक्दछ । राम्रो प्रशिक्षण, स्तरीय खेल मैदान तथा विभिन्न चरणका प्रतियोगिताहरुको आयोजना गर्न सक्दा यस खेलप्रति अझै रुची बढेर जाने निश्चित छ । केन्द्रमा मात्र भन्दा पनि प्रदेश तथा जिल्लास्तरसम्म ठूला–ठूला प्रतियोगिताको आयोजना गर्न सकियो भने यसले क्रिकेटप्रतिको चर्चा, परिचर्चा र सहभागितामा समेत उत्साह पैदा गर्न सक्दछ । समर्पित खेलाडीहरुलाई राज्यका तर्फबाट पनि उत्प्रेरित भएर लाग्ने आधार तयार हुन सक्दछ । राम्रा प्रशिक्षकको व्यवस्था तथा नयाँ प्रतिभावान खेलाडी तयार गर्ने सवालमा समयमा नै ध्यान दिँदै जाने हो भने मुलुकमा क्रिकेटप्रतिको रुची निरन्तर बढ्दै जानेमा आशंका रहने छैन ।
मुलुकको प्रसिद्धिसित समेत जोडिएको क्रिकेट लगायतका खेलप्रति राज्यका तर्फबाट पनि लगानी बढाउनु उत्तम हुनेछ । यसका साथै खेलाडीहरुको भविष्यको सुनिश्चिततातर्फ पनि विचार पु¥याउनु आवश्यक छ ।