• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

स्कारपिओले मोटरसाइकललाई ठक्कर दिँदा अलिको मृत्यु

स्कारपिओले मोटरसाइकललाई ठक्कर दिँदा अलिको मृत्यु
न्यूज टुडे
राजविराज, ३० मंसिर । 
बोदेबर्साईन- सुभरनपट्टि सडकखण्ड अन्तर्गत    सप्तरीको बोदेबर्साईन नगरपालिका–१० खडकपुर स्थित बोदेबर्साईनमा स्कारपिओले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।  दुर्घटनामा खडक नगरपालिका ७ कल्याणपुरका अन्दाजी ३२ वर्षीय मोहम्मद कोराईस अलिको मृत्यु भएको हो ।
सुभनपट्टीबाट – बोदेबर्साइनतर्फ आउँदै गरेको विआर ०७ बिएबी ८१७२ नम्बरको भारतीय स्कारपिओले विपरीत दिशाबाट आएका मोटरसाइकललाई ठक्कर दिदा अलिको मृत्यु भएको प्रहरीले जनाएको छ । 
दुर्घटनामा खडक नगरपालिका ११ का मोटरसाइकल चालक अन्दाजी बर्ष २४ का मो. सदाम गम्भीर घाइते भएका छन् । उनको स्थानीय जीवन ज्वोती अस्पताल बोदेबर्साइनमा उपचार भइरहेको तथा ठक्कर दिने स्कारपिओ इलाका प्रहरी कार्यालय बोदेबर्साइन नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।