• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

द्वारिका आचार्य एकता समाजद्वारा महासंघका नवनिर्वाचित सदस्य आचार्य सम्मानित

द्वारिका आचार्य एकता समाजद्वारा महासंघका नवनिर्वाचित सदस्य आचार्य सम्मानित
न्यूज टुडे
राजविराज, २९ मंसिर । 
नेपाल पत्रकार महासंघ सप्तरी शाखाको खुल्ला सदस्य पदमा निर्वाचित उत्तम आचार्य सम्मानित भएका छन् ।  द्वारिका आचार्य एकता समाजले इटहरी स्थित बालग्राममा शनिबार एक कार्यक्रमको आयोजना गरि आचार्यलाई दोसल्ला ओढाएर सम्मान गरेको हो ।
समाजका अध्यक्ष चक्रप्रसाद आचार्यले  नवनिर्वाचित पत्रकार आचार्यलाई बधाई दिदै संचार क्षेत्रको बिकास , समृद्धिकासाथै सुशासन कायम गर्न प्रेरणा मिलोस भन्ने शुभकामना दिए । समाजका संरक्षक भुवन आचार्यले इमानदारी पुर्वक पेशागत हकहितलाई ध्यान दिदै संचार क्षेत्रको बिकासका साथै सम्पुर्ण संचारकर्मिहरुलाई एक ढिक्का बनाएर अगाडी बढन प्रेरणा मिलोस भन्ने शुभकामना दिएका थिए ।
समाजका अध्यक्ष चक्रप्रसाद आचार्यको अध्यक्षतामा आयोजित कार्यक्रममा सचिव केशव आचार्य , बिश्वमणि आचार्य , पुर्व अध्यक्ष नवराज आचार्य लगायतका बक्ताहरुले समेत बधाई तथा शुभकामना दिएका थिए ।
द्वारिका आचार्य एकता समाजका सदस्यहरुको  उपस्थिति रहेको कार्यक्रमको संचालन सन्तोष आचार्यले गरेका थिए ।