• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राजविराजमा महिला हिंसा सम्बन्धि जनचेतनामूलक कार्यक्रम

राजविराजमा महिला हिंसा सम्बन्धि जनचेतनामूलक कार्यक्रम
न्यूज टुडे
राजविराज, १३ मंसिर । 
घरबाटै शुरू गरौं,महिला हिंसा अन्त्य गरौँ नाराका साथ १६ दिने अभियान अन्तर्गत महिला हिंसा सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न भएको छ । युनाइटेड डेभलपमेन्ट नेपाल,,राजविराज नगरपालिका वडा नं ४ को कार्यालय, जिल्ला प्रहरी कार्यालय सप्तरी, सप्तरी बढाउ, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र  तथा सामुदायिक सेवा केन्द्र सप्तरीको संयुक्त आयोजनामा जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा सहजकर्ताहरूले महिला हिंसा ,महिला हिंसाका कारण, अहिले महिला हिंसाको अवस्था, महिला हिंसा न्यूनीकरणका लागि अपनाउनु पर्ने सावधान लगायतका विषयमा सहजिकरण गरेका थिए ।कार्यक्रममा परिकल्पना नेपालकी अध्यक्ष,पत्रकार सुधा देव,एकद्वार संकट व्यवस्थापन केन्द्रकी प्रमुख मनिषा सिम्खडा,जिल्ला प्रहरी कार्यालय सप्तरी प्र.स निकुन्दन कुशवाहले महिला हिंसाको विषयमा सहजिकरण गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि राजविराज नगरपालिका वडा नं ४ का वडा अध्यक्ष दिनेश साह, इनसेक प्रतिनिधि मनोहर कुमार पोखरेल लगायतले आआफ्ना मन्तव्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा न्यायपालिका सदस्य ललिता कर्ण,सोनी रजक,वडा नं २ का महिला सदस्य मंजु खड्का,सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष बबिता देव, संजय शर्मा , दिलिप दास मैथिली साहित्य परिषदका उपाध्यक्ष  राजकुमार लाल दास लगायतको उपस्थिति रहेको थियोे ।
युनाइटेड डेभलपमेन्ट नेपालको अध्यक्ष परमानन्द देवको अध्यक्षतामा आयोजित कार्यक्रमको संचालन पंकज सरकारले गरेका थिए ।