• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

प्रहरी सक्रियता : धमाधम पक्राउ पर्दै फरार प्रतिवादी

प्रहरी सक्रियता : धमाधम पक्राउ पर्दै फरार प्रतिवादी
न्यूज टुडे
राजविराज, ०४ मंसिर । 
सप्तरी प्रहरीले सक्रियता बढाएसंगै विभिन्न मुद्दामा दोषी ठहर भइ फरार प्रतिवादीहरु धमाधम पक्राउ पर्न थालेका छन् । जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयहरुले सोमबार १६ जना विभिन्न मुद्दाको प्रतिवादीलाई नियन्त्रणमा लिएका हुन् । 
जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै चोरी, कुटपिट, जालसाजी,अपराधिक उपद्रव,चेक अनादर,वन मुद्दा,कुटपिट अंगभंग,आदेशको अवहेलना,घरेली हिंसा मुद्दाका १६ जना फरार प्रतिवादी पक्राउ गरीएको जनाएको हो । 
जिल्ला प्रहरी कार्यालयद्वारा जारी प्रेस विज्ञप्ति अनुसार १ बर्ष ११ महिना ८ दिन कैद र २० हजार जरिवाना तोकिएका अपराधिक उपद्रव, मुद्दाका कंचनपुर  ८का  सागर चौधरी,  सोही स्थान अपराधिक उपद्रव मुद्दामा १ बर्ष ११ महिना ५ दिन कैद र २० हजार जरिवाना भएका सोनु मण्डल, चेक अनदार मुद्दाका खडक नगरपालिका ३ का प्रदिप कुमार चौधरी,जालसाजी मुद्दाका डाक्नेश्वरी नगरपालिका ६ का हरिलाल यादव, सोही ठाउँका जालसाजी मुद्दाकैभुट्टी देवी, दमर नारायण मण्डल, वन मुद्दाका बोदेबर्साईन  नगरपालिका १ का विजय कुमार पण्डित,चोरी मुद्दाका  खडक नगरपालिका ९ का मो.आस्लाम पक्राउ गरेका छन् । 
यसैगरी कुटपिट अंगभंग सुरुङ्गा नगरपालिका ८ का राजकुमार राम, राजगढ गापा ५ का श्रवण कुमार राम, सोही ठाउँका ममता देवी राम, आदेशको अपहेलना मुद्दाका तिलाठी कोइलाडी गाउँपालिका ८ का  विनेश मण्डल, घरेलु हिंसा मुद्दाका हनुम्मन नगर कंकालिनी नगरपालिका १४ का मुकेश कुमार साह,शत्रुधन साह,दुर्गा देवी साह,धर्मेन्द्र कुमार साह पक्राउ परेका छन् । 
उनीहरुलाई रु १ हजार देखि २० हजारसम्म जरिवाना तोकिएको छ । ऊनीहरुलाई कैद तथा जरिवाना भुक्तानका लागि मंगलबार सप्तरी जिल्ला अदालत राजविराज दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी जितेन्द्र कुमार बस्नेतद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । 
सप्तरीमा प्रहरी प्रमुख  एसपी ढकेन्द्र खतिवडा र डिएसपी जितेन्द्र कुमार बस्नेत आएपछि विभिन्न मुद्दाका फरार प्रतिवादी तथा चोरी तस्करी तथा अपराधिक क्रियाकलापमा संलग्नहरु धमाधम पक्राउ पर्न थालेका छन् ।