• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

काठमाण्डौं महानगरपालिकाले यसपालिको तिहारमा प्लाष्टिकका मालामा प्रतिबन्ध लगायो । दैनिक प्रयोगका सामानमा प्लाष्टिकको प्रयोग बढ्दै गएका र वातावरण विगार्दै लगेको प्लािष्टकको प्रयोगमा न्यूनीकरणको आवश्यकता बोध भएपनि कार्यान्वयनमा सफलता नभईरहेको अवस्थामा महानगरपालिकाले फुलबाटै भएपनि प्लाष्टिकमाथि प्रतिबन्धको सुरुवात त गरेको छ ।
शहरदेखि गाउँसम्म नै प्लाष्टिकको प्रयोग बढ्दै गएको र पूजाआजा देखि चाडवाडसम्म आयातित प्लाष्टिकका माला, फुल, भाँडाको प्रयोग वढ्न थालेपछि अवस्थामा प्लाष्टिकमय बन्दै गएको छ, जुन अत्यन्तै चिन्ताको विषय हो । हुँदाहुँदा अधिकांश औषधिसमेत प्लाष्टिककै बोतलमा प्याक भएर आउन थालेपछि यसको प्रभाव कसरी विस्तार हुँदै गएको छ भन्ने कुरा अनुमान लगाउन सकिन्छ । प्लाष्टिकले जमीनको उर्वरा शक्तिमा ह्रास आउँछ, फोहर र प्रदूषण बढाउँछ । कुहिएर नजाने भएका कारणले लामो समयसम्म यसको दुष्प्रभाव रहने गर्दछ । जतातते मिल्काएको प्लाष्टिक पशु चौपायाले खाए भने रोग लाग्ने र मृत्युसमेतको जोखिम रहन्छ । समग्रमा यसबाट नोक्सानी नै नोक्सानी रहँदा पनि यसको प्रयोग भने विभिन्न रुपले निरन्तर बढ्दो छ । कतिपय स्थानीय तहले प्लाष्टिकको झोलामाथि प्रतिबन्ध लगाएर यस विरुद्धको अभियान चलाउने चर्चा त चल्यो । तर त्यसको कार्यानवयन त कला हो कता अहलिे पानी प्याक भएर आएका प्लाष्टिकका बोतलको थप आतंक बढेको छ । खेलमैदान, सडक, नाला, गल्ली जताततै प्लाष्टिकका रित्ता बोतल, झोला पाmलेको देखिनु नयाँ कुरो रहने । सरसफाईदेखि सुरक्षित वातावरण कायम गर्नमा प्रमुख बाधक तथा जनस्वास्थ्यदेखि कृषि क्षेत्रमा नोक्सानीको कारक बन्ने गरेको प्लाष्टिकको प्रयोगलाई निरुत्साहित तुल्याउन उनका लागि एक, दुई पालिकाको प्रयासले मात्र सम्भव छैन ।
तसर्थ प्रत्येक व्यक्ति व्यक्तिको मनोभावनामा प्लाष्टिक विरुद्धको सोच जगाउनु पर्ने आवश्यकता छ । यसका लागि प्लाष्टिकको विकल्पका सामग्रीको प्रयोगका साथसाथै प्लाष्टिकबाट हुने हानीका बारेमा चेतना जगाउन जरुरी छ । सबै पक्षले आ–आफ्ना स्तरबाट सघाउन सके क्रमिक सुधार अवश्य पनि आउने छ ।