नर्मदेव यादव
राजविराज,१३ कात्तिक ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल सप्तरीद्वारा राजविराजमा मंगलबार शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । जिल्ला अध्यक्ष सुनिल कुमार झाको अध्यक्षता तथा केन्द्रिय उपाध्यक्ष जयप्रकाश ठाकुरको प्रमुख आतिथ्यमा बिजया दशमी,शुभदिपावली,भाइटीका छठ, रमजानको अवसरमा शुभकामना अदानप्रदान कार्यक्रममा आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपाध्यक्ष ठाकुरले पार्टी संगठन निर्माणमा जोड दिए । उनले छिटो भन्दा छिटो गाउँपालिका नगरपालिका अधिवेशन गर्न निर्देशन दिए ।
उपाध्यक्ष ठाकुरले संगठन बलियो बनाउन सबैलाई लाग्न आग्रह गरे ।
रुपनी गाउँपालिका अध्यक्ष एवम् लोसपा केन्द्रीय सदस्य दिनेश कुमार यादवले पार्टीलाई बलियो बनाउनु पर्नेमा जोड दिए ।
“पार्टीको संगठन रहेपछि नै हामी सबैको भलो छ,पद ठूलो होइन ब्यक्ति ठूलो होइन पार्टी ठूलो कसरी हुन्छ। त्यसमा लाग्नु पर्छ, उनले भने, “जातजातीलाई टाढा राखेर पार्टी संगठन बलियो बनाउन लाग्न जरुरी छ।”
कार्यक्रममा केन्द्रिय महासचिव बिनोद सिंह,केन्द्रिय सद्स्यहरु झबर साह,साधना झा,शम्भु यादव,उपेन्द्र साह, बिद्यार्थी नेता बिनोद कुमार मण्डल,,सुनिता कुमारी दास,दुखी लाल यादव,लाल कुमार यादव,लगायतले शुभकामना मन्तब्य व्यक्त गरे ।
कार्यक्रम संचालन जिल्ला सचिव जयनारायण यादवले गरेका थिए ।