• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अन्तर्राष्ट्रिय

सामुदायिक विद्यालयको शिक्षा लोकल र निजीको बोइलर कुखुरा जस्तै हो : मुख्यमन्त्री सिंह

सामुदायिक विद्यालयको शिक्षा लोकल र निजीको बोइलर कुखुरा जस्तै हो : मुख्यमन्त्री सिंह
रामनाथ यादव
राजविराज, ०४ कात्तिक । 
मधेस प्रदेसका मुख्यमन्त्री सतिस कुमार सिंहले सामुदायिक विद्यालय लोकल र निजी विद्यालयलाई बोइलर कुखुराको संज्ञा दिएका छन् । सप्तरीकाे तिलाठी काेइलाडी गाउँपालिका ७ स्थित जनता माध्यमिक विद्यालय ताेपामा शनिबार आयोजित अभिभावक दिवस तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधेश्याम यादवकाे अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरसंग निजी विद्यालयको तुलना गर्न नमिल्ने बताए । 
मुख्यमन्त्री सिंहले सामुदायिक विद्यालय लाेकल कुखुरा र निजी विद्यालय बोइलर कुखुरा जस्तै हो भन्दै टिप्पणी गरे । 
“निजी विद्यालयमा प्राप्त शिक्षाको अहिलेपनि उत्तिकै सान्दर्भिक र महत्व छ” मुख्यमन्त्री सिंहले भने, निजी विद्यालयबाट जतिसुकै राम्रो शिक्षा प्राप्त भएपनि त्यसको महत्त्व कमै हुन्छ,  सामुदायिक विद्यालयबाट आर्जन गरेको शिक्षा लोकल कुखुरा र नीजी विद्यालयबाट लिएको शिक्षा बोइलर कुखुरा जस्तै हो, निजी विद्यालयको शिक्षामा कुनै तागत छैन।”
मुख्यमन्त्री सिंहले मावि तोपाले जिल्लामै नाम कमाउन सफल भएको भन्दै खुशी व्यक्त गरे । सामुदायिक विद्यालयकाे शिक्षा स्तर खस्किदै गएको बेला यस विद्यालयले शिक्षा क्षेत्रमा  उल्लेखनीय प्रगति गरेको भन्दै प्रशंसा व्यक्त गरे ।
 
राजविराज-हनुमाननगर-भारदह सडककाे  अवस्था बारे चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री सिंहले कामलाई अगाडि वढाउन सडक डिभिजन कार्यालयका डिइसंग छलफल गरी सडक वनाउने प्रकृयाअगाडि वढाएकाे वताए ।
कार्यक्रममा तिलाठी काेइलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल,डाकनेश्वरी नगरपालिकाका शिक्षा अधिकृत कृष्ण कुमार यादव, कान्तिपुर दैनिक पत्रिकाका  अवधेस कुमार झा,मावि ताेपाका पूर्व प्रधानाध्यापक कमलेश नारायण तिवारी ,  ८ नम्बरका वडा अध्यक्ष सत्यनारायण यादव,शिक्षक जनमत संघ जिल्ला अध्यक्ष याेगेन्द्र मेहता,शिक्षक महासंघका स – संयाेजक सुरेश कुमार यादव, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदीश प्रसाद मण्डल,मावि वभनगामाकट्टीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यनारायण यादव, ईन्जिनियर शैलेन्द्र कुमार झा,विद्यालयका पूर्व व्यवस्थापन समितिका अध्यक्ष सफिद मन्सुरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । 
 विद्यालयका प्रधानाध्यापक रमेश झाद्वारा संचालित कार्यक्रममा स्वागत शिक्षिका स्वेता मिश्राले गरेकी थिइन् ।
कार्यक्रममा विद्यालयका लेखापाल ववलु मण्डलले  २०८०/०८१सालकाे आयव्यय प्रस्तुत गरेकाे थियाे ।
उनले आव २०८०/०८१ मा आम्दानी तर्फ १ करोड १७ लाख २४ हजार ५ सय ३०  र खर्चतर्फ १ करोड १७ लाख ३ हजार ६ सय १७ रुपैयाँ ६२पैसा तथा वैक माैजदात २० हजार ९ सय १३ रुपैयाँ ३८पैसा रहेको आर्थिक प्रतिबेदन प्रस्तुत गरे ।