• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

पतिको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै कठोर ब्रत बस्ने हरितालिका तिजको विशिष्ठ महत्व छ । हिजो दर खाएर सनातन हिन्दु धर्मावलम्वी नेपाली महिलाहरुले आज तिजको ब्रत लिएका छन् ।
दर खाने र ब्रत गर्ने पर्व तीज परिवार, नातेदार र आफन्तहरु बीचको एकता र मेलमिलापको प्रतीक नै हो । महिलाहरुका लागि तीज आ–आप्mनो सुख दुःख बाँड्ने अवसर पनि हो । एकापसको आत्मीयता साटासाट गर्ने, मनका भाव फुकाएर गीतको माध्यमबाट व्यक्त गर्ने सामाजिक, मानसिक र भावनात्मक रुपमा सशक्त बन्ने मौका प्रदान गर्ने तीजको विशिष्ठ सांस्कृतिक महत्व छ । सांस्कृतिक मात्र नभई यस पर्वलाई सामाजिक र धार्मिक दृष्टिकोणबाट पनि विशेष पर्व मानिएको छ । अचेल बढ्दो आधुनिकतासँगै तीजमा आडम्बर देखाउने, भड्किलो तरिकाले तीज आउनु भन्दा हप्तौं अघिदेखि दर खाने नाममा भोजको आयोजना गर्ने र रमाईलोका नाममा उच्द्धृंखल्ता बढ्न थालेको भन्दै यसप्रति चिन्ता व्यक्त गर्न थालेको पनि देखिएको छ । तीजको मौलिकतालाई जोगाई राख्न सकियो भने मात्र यसको जानकारी भावी पुस्ताले पनि पाउने भएका कारण यसको मौलिकता संरक्षणको आवश्यकता छ ।
विशेषतः भजनकीर्तन, नृत्य तथा परम्परागत गीतहरुको माध्यमबाट दुःख सुख र मनका भावना व्यक्त गर्ने तीजको मौलिकता संरक्षणप्रति सबैको प्रेरणा जागृत होस् । तीजको पावन अवसरमा सबैलाई म·लमय शुभकामना !