• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
राजविराज नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद गुरुंगले सोमबार राजविराज स्थित भगवती पोखरी छेउमा बृक्षरोपण गरे । उनले दुई पिपल तथा एक शनिको बोट रोपेको दृष्य सामाजिक सञ्जालमा समेत पोष्ट गरेका छन् ।
मन्त्रोच्चारणसहित कुशेऔंसीका दिन विरुवा रोप्दा उनले हरियाली तथा शित्तलताकालागि यो कार्य गरेको भनि उल्लेख समेत गरेका छन् । बातावरण जोगाउनका साथै गर्मीको प्रकोपबाट जोगिन रुखको हरियाली आवश्यक पर्ने कुरा सबैलाई जानकारी भएकै विषय हो । तर पनि रुख काट्ने,बिरुवा रोपेर पनि तिनको संरक्षण प्रति चासो नलिने धेरै उदाहरण छन् । विभिन्न अवसर पारेर बृक्षरोपण गर्ने प्रचलन प्रायः सबैतिर नै हुन्छ । तर रोपेको भोलिपल्टदेखि ती विरुवाको अवस्था के छ भनेर जानकारी लिने भने कमै देखिने गरेका छन् । संरक्षण गर्नेतर्फ चासो नलिने तर बृक्षारोपण गरेर सामाजिक सञ्जालमा पोष्ट्याएर मात्र जिम्मेवारी पूरा भएको अवश्यक पनि मानिदैन । आज विरुवा रोप्यो,अनि त्यसको केही दिनमा घेरबेर,गोडमेल तथा पानी अभावका कारणले विरुवा सुकेर मर्यो भने यस्तो बृक्षारोपण र सामाजिक सञ्जाल मार्फतको प्रचारबाजीको कुनै अर्थ रहन्न । फगत प्रचारबाजीकालागि बृक्षारोपण गर्नेतिर लाग्नुभन्दा त्यो काम नगरेकै बेश भन्दा अन्यथा नहोला । राजविराज नगरपालिका अगाडिको भगवती पोखरीको यति बेला मुहार फेर्ने कार्य भएको छ । त्यसमाथि बृक्षारोपण समेत गर्न थालिएका कारण त्यहाँ दृष्यावलोकनका लागि पुग्ने जोकोहीले अवश्य पनि आनन्दको अनुभूति  गर्न पाउने नै छन् ।
यसरी रोपिएका बोट बिरुवाको संरक्षण गर्नाका साथै नगरपालिकाका अन्य क्षेत्रमा पनि हरियाली कायम गर्ने खालका कार्यक्रम नगरपालिकाले अघि सा¥यो भने त्यो अझै प्रभावकारी बन्ने अपेक्षा लिन सकिन्छ ।