• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

बहुसंख्यक जनता यतिबेला आर्थिक संकटमा छन् । बेरोजगारीका कारणले विहान बेलुका हातमुख जोर्न पनि धेरैलाई समस्या छ ।
आर्थिक मन्दीले गर्दा यसको चौतर्फी प्रभाव परेको छ । यही समयमा चाडवाड आउने क्रम जारी छ । यस्ता चाडवर्ग आउनु अघि नै कतैकतै तकडभडक पनि देखिन थालेको छ । बढी खर्च गरेर आडम्बरी व्यवहारले मात्र चाडवाडको महत्व बढ्दैन । हाम्रा चाडपर्वहरु धेरै छन् । ती सबैको कुनै न कुनै रुपमा सन्देश प्रवाह हुने भएका कारण उक्त सन्देशलाई जगेर्ना गर्न सडकमा नै चाडपर्व मनाउनुको सार्थकता रहने छ । यो कुरालाई हाम्रो व्यवहारमा सिद्ध गर्न सक्नुपर्दछ । हाम्रा चाडपर्व सांस्कृतिक महत्वका छन् । यिनले हाम्रो पहिचान स्थापित गर्नमा ठूलो योगदान पु¥याउँदै आएका छन् । तिनको संरक्षणका लागि त तिनले दिने सन्देशलाई व्यवहारमा उतार्नु पर्ने हुन्छ । विभिन्न जातजाती, भाषाभाषी रहेको हाम्रो मुलुकमा सांस्कृतिक बाहुल्यता पनि छ । यो नै हाम्रो विशिष्ठता हो ।
तसर्थ राम्रा सांस्कृतिक पर्वले दिने सन्देशमा विचलन आउन नपाओस् भन्नाका लागि ऋणै काढेर भएपनि तडकभडक देखाउनु भन्दा गच्छे अनुसार यस्ता पर्व मनाउनु उत्तम पनि हो । यसैमा पर्वहरुको वास्तविक आनन्दको पनि प्राप्ती सम्भव छ ।