सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा बसले एक किशोरलाई ठक्कर दिएर निजको मृत्यु भएपछि शुक्रबार हनुमाननगर दिनभरि नै तनावग्रस्त बन्न पुग्यो ।
बसको ठक्करबाट किशोरको ज्यान गएपछि उनलाई हतार हतार राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल पुर्याईएको भन्दै मृतकका आफन्त सहित स्थानीयले प्रदर्शन थाल्नुका सार्थ टायर बालेर बिरोध प्रदर्शनमा उत्रेपछि हनुमाननगर दिनभरि नै तनावग्रस्त बनेको हो । सप्तरीमा केही दिन यता सडक दुर्घटना फेरि बढ्न थालेको छ । तर त्यसलाई ध्यानमा राखेर सुरक्षाको प्रबन्ध जसरी मिलाउन आवश्यक थियो त्यसमा चाहिँ कमी भएको महशुस हुन थालेको छ । दुर्घटना न्यूनीकरणकालागि सबारी नियमको पालना गराउने विषयमा ट्राफिक प्रहरीले कडाई गर्न आवश्यक छ । तर यस विषयमा जति प्रहरीको सजगता आवश्यक हो त्यो नभएका कारण पनि दुर्घटना बढ्न थालेको बताईन्छ । सबारी नियम उल्लंघन गर्नेमाथि कडाई गर्न पहिला सडकमा ट्राफिक प्रहरीको तैनाथी आवश्यक रहन्छ । तर सदरमुकाम राजविराज र शम्भुनाथ नगरपालिका स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि ट्राफिक प्रहरीको तैनाथी रहे पनि अन्यत्र उनीहरुको उपस्थिति निकै कम रहेको देखिँदै छ । उदाहरणकै रुपमा भन्दा हुलाकी सडक खण्डमा ट्राफिक राखिएको छैन ।
राजविराज हनुमाननगर सडक खण्डको अवस्था पनि यस्तै देखिन्छ । सबारी साधनको चाप बढेका सडक खण्डमा ट्राफिक प्रहरीलाई पनि खटाउने सम्बन्धमा नसोच्ने हो भने दुर्घटना अझै नबढ्ला भन्न सकिन्न । तसर्थ यस्ता विषयमा ध्यान पु¥याउन आवश्यक छ ।