• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरीको राजगढ गाउँपालिका करिब दुई सातादेखि अस्तव्यस्त छ । प्रकृया नपु¥याई गाउँ सभा गरेकोले त्यसको साटो प्रकृया र विधि सम्मत ढ·ले गाउँसभा गर्नुपर्ने लगायतका विभिन्न माग अघि सारेर असन्तुष्ट पक्षले आन्दोलन थालेपछि त्यसको समाचार संकलनका लागि पुगेका केही पत्रकार समेत दुव्र्यवहारमा परे ।
गाउँपालिका अध्यक्ष समेतको संलग्नतामा दुव्र्यवहार गरिएको भन्दै पत्रकारहरु समेत आन्दोलनमा उत्रनु पर्ने अवस्था आयो । एउटा समस्याको समाधान नहुँदै अर्को समस्या बल्झाउने अनपेक्षित घटना गरियो । यसको समग्र प्रभाव राजगढ गाउँपालिकाको कामकाजमा परेको तर पनि नेतृत्व पक्षले रोम जलिरहँदा सम्राट निरो बाँसुरी वादनमा मग्न रहेको चरित्र देखाएका छन् । गाउँपालिकाका अध्यक्षले पाएको जिम्मेवारीलाई सफलताका साथ पूरा गर्नका लागि तदनुरुपको वातावरण पनि बनाउन आवश्यक हुन्छ । वातावरण निर्माणको जिम्मेवारी पनि उनीमाथि नै रहेको छ । सञ्चार क्षेत्र परोक्ष रुपमै भएपनि गाउँपालिका (स्थानीय तह) को विकासप्रति सहयोगी रहने कुरा निर्विवाद छ । दूर दराजका विकासमा पछि परेका गाउँवस्तीको पछोटेपनको कारण त्यहाँको विकृति, विसंगति, कमजोरी छ, जनताले भोग्नु परेका समस्या समाधानका लागि ध्यानाकर्षण गराएर प्रेसले ठूलो भुमिका खुल्ने गरेको छ । अन्यायमा परेका पीडितका दुःख, व्यथालाई प्रेसले उजागर गर्नाका साथसाथै भ्रष्टाचार, बेतिथि, विसंगतिका विरुद्ध जनमत तयार गर्ने गर्दछ । तर अध्यक्ष आझै उद्दत भएर राजगढ गाउँपालिका पत्रकारलाई नै थुन्ने, दुव्र्यवहार गर्ने अनपेक्षित कर्म गरेकोले उनी यति बेला असन्तुष्ट पक्ष र पत्रकार जगतको दोहोरो चेपुवामा परेका छन् ।
पञ्चायतकालमै खाद्यान्न उत्पादन ब्यापार व्यवसायका क्षेत्रमा अग्रणी रहेको राजगढ अहिले क्रमशः अनेक समस्याबाट जकडिएको छ । यसलाई उकास्नका लागि वर्तमान परिवर्तित सन्दर्भमा स्थानीय सरकारको भूमिकामा रहेको गाउँपालिकामाथि गुरुन्तर जिम्मेवारी त छ । तर गाउँपालिकाका ‘मुखिया’ नै यसरी विवादमा मुछिन थालेपछि अवस्थामा कसरी सुधार आउन सक्ला ?