• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) को २५औं स्थापना दिवसका अवसरमा गत आईतबार प्रसिद्ध गढिमाई मन्दिरमा सरसफाई गरिएको छ ।
ठाउँ–ठाउँबाट बारामा भेला भएका पत्रकारहरुले आयोजना गरेको सरसफाई कार्यक्रममा स्थानीय सुरक्षाकर्मी समेतले सहयोग गरेका छन् । पवित्रस्थललाई सधै सफा राख्न जरुरी हुन्छ, किनकी त्यहाँ विभिन्न ठाउँबाट दर्शनार्थी आउने गर्दछन् । तीर्थस्थल जति सफा हुन्छ त्यसको प्रसिद्धि पनि उत्तिकै हुन्छ, बाहिरबाट आएका दर्शनार्थीहरुले बढी सकारात्मक धारणा लिएर फर्कने भएका कारण सरसफाईको अझै आवश्यकता बोध हुनु स्वाभाविकै हो । यस्ता पवित्रस्थलमा फोहर हुन नदिन स्थानीय स्तरबाट विशेष चासो र निगरानी बढाईयो भने त्यो बढी प्रभावकारी हुन जान्छ । राजविराजमा पनि भगवती पोखरीलाई अहिले स्तरीकरण गरी सफा सुनदर बनाईएको छ । विभिन्न मन्दिरहरुकै निकट रहेको यो जलाशय अत्यन्त फोहर रहँदै आएकोमा यस पटक त्यसको स्वरुप धेरै परिवर्तन भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरु· यस कार्यालयमा राजविराज सरुवा भई आएको भोलिपल्ट देखि नै भगवती पोखरीको सरसफाईमा जुट्न थालेपछि अन्य क्षेत्रले समेत यसमा सहयोग गरेका छन् । पोखरीको पानी विस्थापित गरी नयाँ सफा पानी भर्ने, रंगरोदन र बोरिंगको व्यवस्था गर्ने कार्य पनि सम्पन्न हुनाका साथै धेरबेर र बत्ती जडान गरी यस जलाशयलाई सुन्दर तुल्याईएको छ ।
पहिला बाहिरबाट ल्याएको फोहर मिल्काउने पोखरी प्रवेशद्वारमै पिसाब फेर्ने जस्ता गतिविधिका कारण यो पवित्र जलाशय र मन्दिर आसपासको क्षेत्र दुर्गन्धित रहँदै आएको थियो । नगरपालिकाको बजेटबाट यस धार्मिकस्थलको जसरी सफाई भएको र यसको सुन्दरतालाई जोगाएर सफा राख्नका लागि जनस्तरबाट समेत सहभागी भूमिका अपेक्षित रहन्छ ।