• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

वर्षा जारी छ । यसै क्रममा सम्भाविता खतरा भएका स्थानका वासिन्दाहरुलाई सावधानी अपनाउनका लागि कतिपय निकायले सूचना जारी गरेका छन् ।
सावधानी अपनाउनका लागि भन्दै यसरी जारी गरिएको सूचना पश्चात सबै थोक ठीकठाक भयो भनेर निश्चित भई बस्न कदापि मिल्दैन । बाढी आउँदा जनधनको क्षति हुन्छ भनी थाहा नपाउने को होला र ? तर बसेको थाँतथलो छोडेर अन्यत्र कसकोमा जाने भन्ने ठेगान नभएकाहरुले हत्तपत्त आफ्नो गाउँठाउँ छोड्न रुचाउँदैनन् । वाढीको जोखिम रहञ्जेलसम्म त्यस्ता ठाउँमा वासिन्दालाई सुरक्षित स्थान खोजी त्यहाँ लगेर बस्ने व्यवस्था मिलाईनु पर्ने हुन्छ । यसरी बसोबासका लागि तत्काल सार्वजनिक भवन, विद्यालय लगायतका स्थानलाई प्रयोगमा ल्याउन सकिएला । तर वाढीको जोखिममा परेकाहरुले आफ्नै मनले सोझै त्यहाँ गएर बस्ने भन्ने होईन । यसका लागि समन्वयको आवश्यकता पर्दछ । यसरी समन्वयका लागि स्थानीय तहका जनप्रतिनिधि, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सामजिक क्षेत्रमा क्रियाशील संघसंस्थाहरुले भूमिका निर्वाह गर्न सके त्यो बढी प्रभावकारी हुनेछ । वाढीग्रस्त क्षेत्रमा वृद्धवृद्धा, बालबालिका, विरामी, सुत्केरी, अपा· सबै प्रकारका नागरिकहरुको बसोबास हुन सक्दछ । रातीको समयमा एक्कासी गाउँबस्तीमा वाढी पस्यो भने उनीहरुलाई उद्धारका लागि सहयोगको आवश्यकता पर्न सक्छ । त्यसैले समस्या उत्पन्न हुँदा उद्धारका सामाग्रीको व्यवस्था, खानेकुरा, स्वच्छ पिउने पानी, बिरामी परेमा औषधी उपचार लगायतको व्यवस्था प्रति पनि ध्यान पु¥याउन जरुरी रहन्छ । फेरि वाढीको जोखिम बढी हुने ठाउँमा घर बनाएर बस्ने कसैको रहर हुँदैन । अन्यत्र केही उपाय नचलेका कारणले नै उनीहरु जोखिम मोलेरै भएपनि बसेका हुन्छन् ।
यसरी बसोबास गर्नेमा विपन्न, भूमिहीनहरुकै बाहुल्यता रहने गरेको पाईन्छ । बनिबुतो गरेर जसोतसो जीवीकोपार्जन गरिरहेकाहरुले सुरक्षित स्थानमा घरघडेरी जोड्न सकेका हुँदैनन् । अतः जोखिममा परेका समयमा उनीहरुको सुरक्षाका लागि सरकारी स्तरबाट नै विशेष व्यवस्था मिलाउन सकियो भने त्यो बढी प्रभावकारी र सान्दर्भिक पनि हुनेछ ।