• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

विकासको लागि यातायातको व्यवस्था अनिवार्य सर्त नै मानिन्छ । जुन ठाउँमा यातायातको समुचित व्यवस्था हुन्छ, त्यहाँ विकासले पनि गति लिने सम्भावना पनि उत्तिकै प्रबल भएर जान्छ ।
सप्तरीको छिन्नमस्ता शक्तिपीठलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न सकिन्छ भनी जानकारहरुले बताउँदै आएका छन् । यसरी यस कार्यलाई अघि बढाउन सकियो भने यसबाट समग्र जिल्लाकै विकासमा समेत गति आउन सक्ने कुरामा शंका नमाने हुन्छ । विकासको प्रबल सम्भावनाको समस्या तगारो बनेर रहेको छ । राजविराज–छिन्नमस्ता देखि भारतीय सीमावर्ती क्षेत्र न्यौर सम्मको सडक अहिले लथालिंग अवस्थामा छ । छिन्नमस्ता सम्म जानु पर्दा राजविराज स्थित सिरहा रोडमा निर्मण सामग्री थुपारेर ठेकेदार कम्पनीले नै आवागमनमा अवरोध पु¥याएको छ । छिन्नमस्ता सडक खण्डको बोरियासम्म कालोपत्रे गरिएको भएपनि त्यस अगाडि दक्षिणतर्फको सडक खण्ड खनेर वर्षामा लथालिंग अवस्थामा पु¥याईएका कारण सवारी साधन चलाउन साह्रै सकस भईरहेको छ । ठेकेदारले काममा गरेको ढिलाई प्रति सम्बन्धित निकायको पटक–पटक ध्यानाकर्षण गराउँदा पनि काम नभएपछि छिन्नमस्ता गाउँपालिका अध्यक्ष सहितका जनप्रतिनिधिहरु आईतवार लहानस्थित सडक डिभिजन कार्यालयमा धर्ना नै बसेका छन् । सडक विभागले गर्दै आएको काममा गाउँपालिकाले काम गर्न नमिल्ने भएका कारणले आफूहरुले चाहेर पनि केही गर्न नसकेको गाउँपालिका अध्यक्षको कथन छ ।
निर्माण काममा हुने ढिलासुस्ती र यसबाट सर्वसाधारणमाथि पर्न गएको समस्याप्रति जनप्रतिनिधिबिाट धर्ना नै बस्नु पर्ने अवस्था आउनु दुःखद हो । यस्तो ढिलासुस्तीमा सुधार नल्याउने हो भने जनताले कसरी राहत पाउलान?