शिव आचार्य
फत्तेपुर, २५ असार ।
सप्तरीको सप्तकोशी नगरपालिका २ स्थित सुकुम्बासी टोल डुवानमा परेको छ । त्रियुगा खोलाको बाढी मंगलबार विहान बस्तीमा पस्दा ५ दर्जनबढी घर डुवान भएको हो ।
मंगलबार १० बजे त्रियुगा खोलाले पुर्वी तटबन्धन कटान गरी बाढी सुकुम्बासी बस्ती पसेको सप्तकोशी नगरपालिका २ का वडा अध्यक्ष जाहिर हुसैनले बताए । बाढीले सुकुम्बासी टोलका १६ घर मुश्लिम बस्ती र ५२ घर राम बस्ती डुवानमा परेको उनले जानकारी दिए ।
डुवान क्ष्रेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मीका रेसक्युटोलीसहित स्थानीयबासी उद्वार कार्यमा जुटिरहेको उनले जानकारी दिए । बाढी पसेर पुरै गाउँ जलमग्न भएपछि उद्वार कार्यमा समस्या उत्पन्न भएको वडा अध्यक्ष हुसैनले बताए ।
उद्वार गरिएका बाढी पीडितहरुलाई स्थानीय मज्जिदमा राखिएको तथा क्षतिको विवरण संकलन भइरहेको प्रहरी चौकी फत्तेपुरले जनाएको छ ।
बाढीले मानवीय क्षति नभएपनि घर, लत्ताकपडा, खाद्यान्नलगायत सामाग्रीमा क्षति पुगेको प्रहरीले बताएका छन् ।
यसैगरी खाडो नदिको जलसतह उच्च भई थप बढ्ने क्रममा रहेकोले नदिको तटीय क्षेत्र र डुवान भइरहेको होचा भु- भागका बासिन्दाहरुलाई दिउंँसो २ बजेसम्म सतर्कता अपनाउन आग्रह गरिएको छ ।