यति बेला मनसुन सक्रिय भएको कारण भारी वर्षा सुरु भएको छ । मनसुन सुरु भए यता मुलुकभर प्राकृतिक विपत्तिमा परी ७० जनाको मृत्यु भएको छ । दुई दिन (असार २२ र २३ गते) को निरन्तर वर्षाले १४ जनाको ज्यान गएको छ भने १९ घाईते तथा २ जना बेपत्ता भएको तथ्याड्ढ छ ।
वर्षायाम अहिले सुरु मात्र भएको र अझै लामो समय वर्षाकै सम्भावना रहेका कारण थप क्षति हुन नपाओस् भनी उच्च सजगता अपनाउने समय हो यो । सप्तरी पनि बाढीको उच्च जोखिममा छ । सप्तरी र सुनसरीको सीमामा रहेको कोशी ब्यारेजका ५६ वटै ढोका खोल्नु परेको छ । यस वर्षकै उच्च बहाव भएपछि सबै ढोका खोलिएको हो । कोशीको बाढीले खतराको संकेत पार गरेपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ । तर यस्तो आग्रह मात्रले बाढी प्रभावितहरुको समस्या समाधान भईहाल्छ भन्न चाहीँ सकिन्न । बाढीबाट जोगिनका लागि स्वयम्बाट अपनाईने सजगतालाई बाढी प्रभावकारी त मान्न सकिएला । तर बाढीको खतरा हुन सक्ने स्थानमा जनताको सुरक्षा, राहत र उद्धारका लागि सरकारी स्तरबाट पनि आवश्यक व्यवस्थाको जरुरत पर्दछ । बाढी वस्तीमा पसिहालेको अवस्थामा बस्तीका सबै बासिन्दा उत्तिकै प्रभावित हुन्छन् । यस्तो विपत्तिमा सबै आ–आफ्नो ज्यान जोगाउने ध्याउन्नमा रहेका बखत वृद्धवृद्धा, अपा·, सुत्केरी, बालबालिकालाई जोगाउनका लागि अरुको सहाराको पनि आवश्यकता पर्न जान्छ ।
तसर्थ बढीको प्राकृतिक विपत्तिमा उच्च सजगताको आवश्यकता त छँदै छ । यसका साथसाथै राहत तथा उद्धारका सामग्रीको व्यवस्थामा समेत पूर्व तयारीको आवश्यकतालाई नकार्न मिल्दैन ।