• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरीको बलान बिहुल गाउँपालिकामा खोलाको बाढीले वर्षेनी तहसनहस गर्दै आएको भएपनि पीडित जनताको सुरक्षाका लागि अहिले सम्म कुनै व्यवस्था नभएको भनी स्थानीयले आक्रोशयुक्त गुनासो गर्न थालेका छन् ।
बलान खोलाको बाढीले बाँध भत्काएर गाउँमा प्रवेश गरी क्षति पु¥याउँदै आएको भएपनि खोला नियन्त्रणको काम नभएका कारणले पानी पर्नासाथ त्यहाँका जनताको निद्रा हराउने गरेको छ । यस वर्ष पनि केही दिन अघिको वर्षाले बाँध भत्काउन थालेपछि गाउँपालिकाको बजेटबाट अस्थायी रुपमा रोकथामको कार्य सुरु त गरिएको छ । तर बजेटको अभावले गर्दा त्यही कामलाई पूरा गर्न कठिनाई भईरहेको गाउँपालिकाका जनप्रतिनिधि बताउँछन् । पञ्चायतकालदेखि नै बलानको बाढी पसेर त्यहाँ पटक–पटक क्षति हुँदै आएको छ । बलान बिहुलको प्रमुख समस्याकै रुपमा रहेको बलानको बाढी नियनत्रणका लागि गाउँपालिका मात्रको बजेटले भ्याउँदैन भने प्रदेश र केन्द्र सरकारले पनि यसप्रति चासो लिन जरुरी छ ।
प्रदेश सरकारका मन्त्री प्रदेशसभा सदस्य समेतलाई यसका बारेमा जानकारी नरहेको चाहीँ होईन । तर समस्याग्रस्त जनतालाई खोला नियनत्रणका लागि पहल गर्ने भनेर फोस्रो आश्वासन दिने बाहेक अन्य काम नभएकाले बासै उठ्ने, खेती बगाउने र जहिले पनि वर्षा मात्र सित भएर बस्नुपर्ने बलान बिहुलबासीको समस्याको स्थायी समाधान आवश्यक छ ।