• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीमा सयौं घर डुबान, नदि तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

सप्तरीमा सयौं घर डुबान, नदि तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
न्यूज टुडे
राजविराज, १२ असार । 
अविरल वर्षाले सप्तरीको रुपनी गाउँपालिकासहित जिल्लाको विभिन्न स्थानमा गरी एक सयभन्दा बढी घर डुबानमा परेको छ । गएराती देखि आएको अविरल बर्षाले खाडो, महुली,सुन्दरी,खडक, बलान खोलाको बाढी बस्ती पस्दा दर्जनौं गाउँका सयौंघर डुवानमा परेको हो ।
रुपनी गाउँपालिका १ स्थित खाँडो खोलाको होचो तटबन्ध पार गरेर‌ बस्तीमा बाढी पस्दा ३०भन्दाबढी घर डुबानमा परेको स्थानीयले बताएका छन् । 
लगातार आएको मुसलधारे वर्षाले सदरमुकाम राजविराजका ६ दर्जनभन्दा बढी घर डुबानमा परेको छ भने जिल्लाको कञ्चनरूप नगरपालिका– ३ र ११ तथा तिरुहुत गाउँपालिका– १ र २  तिलाठी कोइलाडी गाउँपालिका ७ मा समेत बाढी पसेको छ ।
 तथ्यांक संकलन कार्य जारी रहेकोले पीडितहरुको संख्या थपिन सक्ने तथा पीडितको उद्धारका लागि सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला विपद समिति सप्तरीले जनाएको छ । 
खाँडो नदीको रूपनी गाउँपालिका स्थित जलमापन केन्द्रमा जलसतह सतर्कता तह बिहान ६:१० बढ्दो क्रममा रहेकोले तटीय क्षेत्रमा सतर्कता अपनाउन मोबाइल म्यासेज मार्फत जल तथा मौसम विज्ञान विभागले सचेत गराएको छ ।