• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

विद्युत आपूर्तिमा सुधारको माग गर्दै स्थानीयबासीले बुधबार सप्तरीको बीरेन्द्र बजारमा एक घण्टा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरे ।
तीन दिन देखि एक दर्जन जति गाउँमा विद्युत सेवा उपलब्ध नरहेको भन्दै उनीहरुले सडक जाम गरेका हुन् । दुई घण्टा पछि विद्युत सुचार गर्ने प्रतिबद्धता आएपछि सडक त सुचार भयो । तर साँझ सम्म पनि विद्युत नआएको भन्दै स्थानीयले आक्रोश पोखेका छन् । बीरेन्द्र बजारमा यसरी आन्दोलन भएकै दिन बुधबार राभतरी राजमार्गमा पनि विद्युत अवरुद्ध रह्यो । सोही दिनको हावाहुरीले पोल भाँच्दा विद्युत आपूर्ति अवरुद्ध भएको भनी बताईयो । हावाहुरीले पोल भाँच्दा विद्युत आपूर्ति प्रभावित हुनुलाई त स्वाभाविकै मानिएला । तर सामान्य मौसम रहेका समयमा पनि सप्तरीमा पटक–पटक विद्युत लाईन कट्ने गरेको कारणले सर्वसाधारणलाई अझै सासती व्यहोर्नु परिरहेको अवस्था छ । विद्युत सेवा सुचार नहुँदा यसमा आधारित अनेकों काम प्रभावित हुनु स्वाभाविकै हो । बैंकदेखि सरकारी कार्यालयमा काम गर्नका लागि विद्युत अनिवार्य नै छ ।
यसैगरी सञ्चार, स्वास्थ्य, यातायात हरेक क्षेत्रसित जोडिने विद्युत आपूर्ति नियमित नहुँदा यसले प्रत्यक्ष, परोक्ष अनेक प्रकारको क्षति पुग्न सक्ने भएका कारण यो सम्वेदनशीलता प्रति हेलचक्रयाई गर्न मिल्दैन ।