• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश लगायत विभिन्न अधिकार प्राप्तीको आन्दोलनमा मिडियाले खेलेको भूमिका जगजाहेर नै छ ।
विशेषतः मधेश आन्दोलनमा त स्थानीय अखबारले नै बढी सहयोग गरेका हुन् । राजधानीबाट निस्कने ब्रोडसिट अखबारमा मधेश आन्दोलनको समाचारलाई उचित स्थान नदिईएको भनि त्यति बेला मधेशमा एक प्रकारको आक्रोश नै नदेखिएको होईन । मधेश आन्दोलन लगायत विभिन्न अधिकार प्राप्तीका आन्दोलनको सफलताका पछाडि मिडियालाई अलग्याउन मिल्दैन । अलग्याईन्छ यदि भने त्यो सरासर अन्याय नै हो । वर्तमान परिवर्तित समयमा मिडिया नै बढी अप्ठ्यारोमा छ । कोभिड कालपछि सबैभन्दा बढी यही क्षेत्र प्रभावित रहन गयो । धेरै श्रमजीवी पत्रकारको जागिर नै खोसियो । काममा रहेकाहरुले पनि तलब नपाएर भोकभोकै खट्नु परिरहेको अवस्था छ । विज्ञापन अभाव लगायत अन्य कारणले स्थानीय अखबार यति बेला निकै संकटमा छन् । मुलुकमा तीन तीनवटा सरकारको उपस्थिति छ । उनीहरुमाथि आआफ्नो स्तरबाट विकासको जिम्मेवारी पनि छ । तर पत्रकारिताको विकासलाई विकासका रुपमा लिन नसकिरहेका कारण यो क्षेत्र अहिले पनि उपेक्षित जस्तै देखिन्छ । लोकतन्त्रमा पत्रकारिता क्षेत्र पनि सबल हुन आवश्यक त छ । तर जिम्मेवार निकायले यस प्रति वास्ता नराख्ने गरेका कारण यसको अवस्था उपेक्षित सरह बनेको हो भन्नुमा अन्यथा नहोला । हिजो आन्दोलनमा लागेकाहरु नै आज सत्ताका उच्च तहमा पुगेका छन् ।
उनीहरुसित संगै लक्ष प्राप्तीमा खटेको प्रेसलाई उपेक्षा गरिनु कुनै पनि हिसाबले उचित मान्न सकिन्न । पत्रकारिताको विकासमा सरकारकै जिम्मेवारी गाँसिएका कारणले पनि उपेक्षा गर्न मिल्दैन ।