• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सोमबार रातीको बर्षाले धादिङको वैरेनीयामा रातभरी वाटो अवरुद्ध भयो । गल्छी गाउँपालिका ६ वर्दखोला वैरेनी पुलनिर लेदोमाटो जम्मा भएर सवारी साधन जाम भएको हो । 
यसैगरी सोमबार साँझदेखिको बर्षाले गैंडाकोट – ९ धुम्सीको जङ्गलमा सडक भासिएर पुर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ । सामान्य बर्षामा पनि यसरी ठाउँ-ठाउँमा सडक अवरुद्ध हुन थालेपछि भारी बर्षाको समयमा कसरी सुरक्षित रहन सकिन्छ । भन्ने चुनौती नै खडा भएको छ ।
 अहिले प्री मनसुन सक्रिय भएपनि बर्षायाम आउन केही दिन वाँकी नै छ । हरेक वर्षजसो बाढीले मुलुकमा विभिन्न भागमा जनधनको क्षति पुर्‍याउनका साथै आवागमनमा पनि अवरोध आउने गरेको छ । बर्षाले पहाडी भेगमा पहिरो जानाले मानिसको समेत हताहती हुने गरेको छ ।
 सम्भावित जोखिमवाट जोगिने उपायका बारेमा पहिले नै सोचेर पुर्व तयारीमा नलाग्ने हो भने वढी क्षति हुन सक्छ । यसका लागि तीनै तहका सरकारले विशेष ध्यान दिनुपर्ने आबश्यकता छ ।
 नदी तटीय क्षेत्रमा वाढीले वढीक्षती गर्न सक्ने भएका कारण ती स्थानमा जनताको सुरक्षालाई लक्षित गरेर सुरक्षा योजना ल्याउनु सान्दर्भिक हुनेछ ।