• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरीका कतिपय सामुदायिक विद्यालयमा बढ्ने गरेका विवादले विद्यालयको पठनपाठन प्रभावित रहने गरेको छ ।
आपसी समन्वयका साथ पठनपाठनमा सुधार लयाउन शैक्षिक उन्नयनमा टेवा पु¥याउन विद्यालय प्रशासन, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक लगायत सबै सरोकारवाला पक्षको भूमिका रहन्छ । तर समन्वयका साथ अघि बढ्नुपर्ने पक्ष नै आपसको विवादमा अलमलिएर रहन्छ भने त्यसको प्रत्यक्ष असर निर्दोष वालबालिकाको पठनपाठनमा पर्न जान्छ । सरकारले शिक्षाको स्तर उकास्न, विद्यालय बाहिर रहेका सबै बालबालिकालाई विद्यालय भर्ना गरी शिक्षा दिनका लागि ठूलो रकम लगानी गर्दै आएको छ । सरकारले यसरी गरेका लगानीलाई सार्थक तुल्याउनमा यी सरोकारवाला पक्षहरुको नै प्रमुख भूकिा रहने कुरामा आशंका रहन्न । पछिल्लो चरणमा राजगढ गाउँपालिका–२ स्थित आधारभूत विद्यालय कमलपुरको विवाद चुलिएर उत्कर्षमा पुगेको छ । विवाद बढ्दै जाँदा वडाध्यक्ष समेतमाथि हातपातको घटना भएको छ । विद्यालयमा तालाबन्दी गर्न वडाध्यक्षले नै हौस्याएको भन्दै स्थानीयले वडा कार्यालयमै तालाबन्दी गरेपछि विवाद झै उग्र बनेको हो । स्थानयि तहहरुमाथि विद्यालयको समेत जिम्मेवारी छ । स्थानीय तहका जनप्रतिनिधिले आ–आफ्ना क्षेत्रका विद्यालयको पठनपाठनको अवस्थाबारे जानकारी लिने भएका समस्या समाधानका लागि नेतृत्व गर्ने जस्ता भुमिका निर्वाह गर्नुपर्ने हुन्छ । तर समस्या समाधान गर्न अगुवाई लिने पक्ष नै विवादमा मुछिने हो भने शैक्षिक स्तरमा कसरी सुधार ल्याउन सकिएला भन्ने प्रश्न समेत एकसाथ उब्जिएको छ । समस्या कमलपुर स्थित आधारभूत विद्यालय मात्रको होईन । जिल्लाका कतिपय अन्य विद्यालयहरुमा समेत अनेक प्रकारका विवाद रहेका छन् ।
बालबालिकाको भविष्य निर्माणका लागि अत्यावश्यक मानिने शिक्षा र त्यसका लागि जरुरी रहेको पठनपाठनलाई विथोल्ने खालको गतिविधि कहीँ कुनै पक्षबाट पनि हुन नपाओस् भन्नका लागि सरोकारवाला सबै पक्षले गम्भीर रुपले ध्यान पु¥याउन जरुरी छ ।