• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आजदेखि जेठ लाग्यो । आज संसदमा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रमका बारेमा सम्बोधन गर्ने कार्यक्रम छ । जेठ १५ गते सरकारको बजेट प्रस्तुत हुने परम्परा नै छ ।
यस दृष्टिकोणबाट चालु आर्थिक वर्ष सकिनकालागि अव धेरै समय बाँकी छैन । यस आर्थिक वर्षमा सम्पादन गरी सक्नु पर्ने कामलाई पूरा गर्न अहिले निकै दौडधूप छ । त्यसको प्रमुख कारण भनेको चालु आर्थिक वर्षभित्र काम नसके त्यसको बजेट फ्रिज हुने तथा कामको भुक्तानी पनि नहुने भएका कारण दौडधूप बढेको सहजै बुझ्न सकिन्छ । यसरी काम सकाएको देखाई भुक्तानी लिनकालागि भएको चटारोका क्रममा कतै गुणस्तरहीन काम त भईरहेको छैन ? भन्ने शंका पनि उठ्न नसक्ला भन्न सकिन्न । यसरी शंका गरिनु पनि अस्वाभाविक होईन । त्यसैले समय भिड्नक थालेपछि मात्र काममा चासो लिने परिपाटीमा सुधारको यस कारण पनि आवश्यकता छ जसले गर्दा कामको गुणस्तरीयतामा कुनै पनि प्रकारको कमजोरी हुन नपाओस् । हतारमा गरिने काम भन्दा समयमा नै पर्याप्त ध्यान दिएर गरिएको काममा पक्कै पनि गुणस्तरीयता रहने भएका कारणले समय छँदै कामको गति बढाउनु उपयुक्त पनि हुनेछ । जनताकालागि विकास निर्माणको काम गर्दा त्यसमा गुणस्तरीयता चाहिन्छ नै ।
तसर्थ समयमा नै गरिने काममा टिकाउपन पनि रहने भएका कारण उपयुक्त समयमा त्यसलाई गति प्रदान गरिनु सान्दर्भिक हो । अव केही दिन पछि वर्षा याम सुरु हुने र वर्षामा निर्माण कार्य त्यति गुणस्तरयुक्त नरहने भएका कारणले पनि समयको सदुपयोगमा जोड दिन उत्तम हुनेछ ।