जिल्ला स्तरीय संयुक्त बजार अनुगमन टोली राजविराजको बजार अनुगमनमा निस्कँदा शुक्रबार भागाभाग भयो । टोली विभिन्न औषधी पसल, ल्याब तथा अस्पताल अनुगमन गर्न निस्कँदा पसलेहरु पसल बन्द गरेर भागाभाग गरेका थिए ।
बिल जिक, प्रतिबन्धित औषधी बेचविखन भए नभएको भण्डारण, सरसफाई तथा म्याद गुज्रेका औषधी लगायतको अनुगमनका लागि टोली पुग्दा भएको भागाभागले ‘चोरको खुट्टा काट्’ भन्दा फुत्त चोरले खुट्टा तानेझै भएको त्यहाँ उपस्थित कतिपय सर्वसाधारणले प्रतिक्रिया दिएका छन् । यसरु िभागाभाग हुनाले औषधी पसल, ल्याब लगायतमा कमजोरी रहेछ भनने कुरा नै सावित भएको छ । स्वास्थयसित प्रत्यक्ष जोडिएको यस्तो सम्बेदनशिल विषयमा समेत यस प्रकारले तापरवाही गरिन्छ भने बजारमा अन्य क्षेत्रको अवस्था कस्तो होला ? भन्ने आशंका समेत उब्जिएको छ । पहिला पनि यसरी बजार अनुगमनका लागि टोली आउँदा ब्यापारीहरु पसल बन्द गरेर भागाभाग नभएको होईन । फेला परेका औषधी लगायत अन्य पसलमा पनि त्रुटी कमजोरी सुधार्नका लागि टोलीले सम्झाई बुझाई गरेर फर्किए पनि अवस्था उस्तै रहेको समेत भेटिएकै हो । सवाल औषधी पसलको मात्र होईन, होटल, किराना पसल, चिया नास्ता, मिठाई पसल हरेक जसो क्षेत्रमा विभिन्न कमजोरी भेटिएको भएतापनि तिनमा अझै सुधार नआईरहेको आम उपभोक्ताहरुको गुनासो छ ।
मूल्य तिरेर खरिद गरेपछि उपभोक्ताले गुणस्तरीय सामान पाउनुपर्दछ । तर यस्ता कमजोरी र विकृति कायम रहनाले यसबाट सर्वसाधारणकै स्वास्थ्यमाथि प्रतिकूल असर पर्ने भएका कारण अझै कडाईका साथ अनुगमनको आवशयकता त छ नै । साथसाथै पटक–पटक यस्ता गल्ती दोहो¥याउने उपर कारवाही चलाउनु पनि उत्तिकै जरुरी छ ।