• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

गत वैशाख १६ गते स्वाधीन मधेश जनअभियानद्वारा सुनसरीको भाण्टाबारीमा गरिएको प्रदर्शनमा प्रहरीले लाठी चार्ज ग¥यो । लाठी चार्जबाट सप्तरीका प्रदर्शनकारी समेत घाईते भए । घाईते हुनेमा धेरै जसो दलित महिलाहरु रहेका छन् ।
अधिकारको माग गर्दै भएको प्रदर्शनमा लाठी चार्ज गरिनु उसै पनि लोकतान्त्रिक आचरण मानिदैन । आफूहरुमाथि विभेद भयो, अलोकतान्त्रिक व्यवहार भयो भने त्यसका विरुद्ध शान्तिपूर्ण विरोध गर्न पाईन्छ, चित्त नबुझेको उचित कुरा बोल्न पाईन्छ । यस्तो अधिकार सुनिश्चित भएको व्यवस्था नै लोकतान्त्रिक पनि मानिन्छ । मुलुक संघयि लोकतान्त्रिक गणतन्त्रका आधारबाट चलिरहेको छ । यसै अनुसारको संविधान पनि निर्माण भएको छ । त्यसमा पनि संविधानमा नमिलेका तथा विभेदकारी प्रावधान रहेछन् भने तिनमा सुधार गरी सबैलाई समान व्यवहार, समान अवसर दिईनुपर्छ भनी माग राखेर कसैले शान्तिपूर्ण प्रदर्शन गर्छ भने यो उसको अधिकार नै हो । त्यसमाथि दमन गर्न मिल्दैन । न्यायोचित माग लिएर प्रदर्शन गर्दा दमन होईन, त्यसलाई सम्बोधन गरिनु पर्दछ । त्यसो गरियो भने यसलाई लोकतन्त्रको सुन्दर पक्ष नै मानिने छ । भाण्टाबारीमा भएको प्रदर्शनकारी माथिको दमनका विरुद्ध सपतरीको रुपनीमा पनि प्रदर्शन भएको छ । प्रदर्शनकारीहरुले भाण्टाबारीको दमनमा घाईते भएकाहरुको उपचारको व्यवस्था तथा त्यति बेला पक्राउ परेकाहरुको रिहाईको माग गरेका छन् ।
लोकतान्त्रिक सरकारले आन्दोलनकारीका जायज मागको सम्बोधन गर्नु पर्छ, दमन गर्न मिल्दैन । शान्तिपूर्ण विरोध प्रदर्शनमा उठाईएका मागको सुनुवाई गरिनु नै लोकतन्त्रको परिचायक पनि हो ।