• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

ससुराली आएका २४ बर्षिय मण्डल ६ महिनादेखि बेपत्ता 

ससुराली आएका २४ बर्षिय मण्डल ६ महिनादेखि बेपत्ता 
रामनाथ यादव 
राजविराज, २८ बैशाख । 
सप्तरीको तिलाठी कोईलाडीबाट सुनिल कुमार मण्डल बेपत्ता भएका छन् । विराटनगर उपमहानगरपालिका वडा नम्बर ६ घर  भएका २४ बर्षिय मण्डल ससुरालीबाटै बेपत्ता भएका हुन् ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका ४ स्थित ससुराली जान्छु भनी मंसिर महिनामै घरबाट हिडेका छोरो ससुरालीबाटै बेपत्ता भएको बुवा जयशंकर मण्डलले बताए  ।
तिलाठी कोईलाडी वडा नम्बर -४ बस्ने राजाराम मण्डलको ज्वाईं, लिलम मण्डलको श्रीमान ससुराली आएको दिनदेखि बेपत्ता रहेको परिवारजनले जानकारी गराएको छ  ।  ससुराली आएका मण्डल ६ महिनादेखि सम्पर्क विहीन रहेको बुवा जयशंकरले बताए ।
“छोरो ससुरालीबाट कहाँ गयो? के भयो? कसैलाई थाहा छैन,,सुनिलका बुवा जयशंकरले भने,  छोरोको खोजीका लागि प्रशासनिक निकायहरुमा निवेदन  दिदा समेत हालसम्म पत्तो लागेको छैन ।”
छोराको खोजीमा सहयोगका लागि प्रशासन, संचारकर्मीसहित सम्पुर्णलाई बुवा जयशंकरले अनुरोध गरेको छ ।