• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

महादेवा गाउँपालिकाको चिम्टीमा मंगलबार दिउँसो अचानक आगलागी भयो । चर्को घामका बीच दिनभरि नै तातो हावा चल्दै गर्दा भएको आगलागीले एक सय भन्दा बढी घर खरानी भए ।
तिब्र वेगमा चलेको हावाले गर्दा वस्ती नै सखाप पा¥यो । तीन–चार वटा वारुण यन्त्र आगो नियन्त्रणमा लगाईएता पनि साँझसम्म आगलागी पूर्ण नियन्त्रणमा आउन सकेन । अग्निपीडित घर खरानी भएपछि अहिले खेलमा गएर बसेका छन् । दर्जनौं परिवारको विचल्ली छ । बालबालिका, विरामी, वृद्धवृद्धा, गर्भवती, सुत्केरीले खुला आकाश मुनि कसरी दिन कटाउने हुन भन्ने चुनौति छ । क्षतिको विवरण संकलन जारी रहेको स्थानीय प्रशासनले जानकारी दिएको छ । भएभरको जेथापूँजीको सबै आगोमा स्वाहा भएका अग्निपीडितको अवस्था हेर्दा सबै जोकोहीका आँखा प्रविन हुने र गला अवरुद्ध हुने अवस्था छ । आगलागी स्थलमा यतिबेला मानवीय सहयोगको आवश्यकता छ । विपत्तिमा परेकालाई आफ्नो स्तरबाट थौरे भएपनि राहत पुग्ने गरी काम गर्न सकियो भने त्यो मानवताको परिचायक हुनेछ । अग्निपीडितहरुका लागि यो प्रतिकूलता र पीडाको क्षण एक घण्टा विताउन पनि सकस छ । आगोले चारैतिर खरानी नै खरानी तुल्याएका कारण चारैतिर प्रदूषण फैलिएको छ । हावाहुरी अनि चर्को गर्मीमा खरानीको रासमा भोकभोकै समय विताउन कत्तिको कष्टदायक हुन्छ भन्ने कुरा भुक्तयोगीले मात्र महशुस गर्न सक्दछ ।
सुरक्षित वास, स्वच्छ पिउने पानी, उपचार, खानाको व्यवस्था लगायतका बारेमा काम गर्ने आवश्यकता छ । यसमा विलम्व र आश्वासन होईन काम हुन जरुरी छ ।