• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरीको तिरहुत गाउँपालिका स्थित लोहजरा ताल पर्यटकीय दृष्टिकोणबाट मात्र नभई जैविक विविधताको समेत नमुनाका रुपमा रही आएको छ ।
धार्मिक दृष्टिकोणबाट हेर्दा पनि यहाँको वनक्षखण्डी तथा ठाकुरबाबाको मन्दिरले दर्शनार्थी तथा श्रद्धालु भक्तजनलाई आकर्षित गर्ने गरेको छ । विगतमा वनसखण्डी मन्दिरमा शिख समूदायको धार्मिक ग्रन्थ समेत रहेका कारण यहाँ शिख सम्प्रदायका मानिसले समेत यसलाई तीर्थस्थल मानेर दर्शनका लागि आउने गरेका थिए । अहिले उक्त ग्रन्थ चोरी भएकोले त्यसको खोजीमा लागेको तिरहुत गाउँपालिकाका अध्यक्ष विजयकुमार यादवको कथन छ । ज·लको हरियालीका बीच रहेको लोहजरा तालमा नौकाबिहारको आप्mनै आनन्द छ । समग्रमा हेर्दा दृष्यावलोकन तथा धार्मिक पर्यटकीय स्थल समेतको पर्याप्त सम्भावना बोकेको यस क्षेत्रको पूर्वाधार विकासका लागि सरकारले ध्यान पु¥याउनु पर्ने आवश्यकता देखिएको छ । मूलतः लोहजरा तालसम्म जाने बाटोको अवस्था ठीक नरहेको, बाहिरी अतिक्रमण कायम रहेको कारणले गर्दा बाहिरबाट पर्यटक आउन र यस क्षेत्रको सुन्दरतालाई जोगाएर राख्न पनि समस्या रहेको स्थानीयको कथन छ । पर्यटकीय स्थलका रुपमा यस क्षेत्रको विकासका लागि परेको भए पनि गाउँपालिका मात्रको एकल प्रयासले यस क्षेत्रको विकास सम्भव हुन्छ भन्न सकिन्न ।
यसका लागि प्रदेश तथा केन्द्र सरकारले समेत आवश्यक सहयोग उपलब्ध गराएर लोहजरालाई पर्यटकीय स्थलका रुपमा विकास गर्न सकिने धेरै सम्भावना छ । वर्षा नहुँदा जिल्ला स्थित सरकारी कार्यालय प्रमुखहरु समेतको सहभागितामा पूजा आजा गर्ने र त्यसपछि वर्षा हुने गरेको बताईने ‘भेडिया मठ’ को नामबाट समेत प्रख्यात यस स्थलको विकास प्रति सरकारले ध्यान पु¥याउन आवश्यक छ ।