• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
मावि सखडाका शिक्षक कर्मचारी आन्दोलित
न्यूज टुडे
राजविराज, १२ बैशाख । 
सप्तरीको छिन्नमस्ता गाउँपालिका स्थित रहेको श्री छिन्नमस्ता भुपेन्द्र संस्कृत माध्यमिक विद्यालय सखडामा कार्यरत शिक्षक कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । बुधबार एक प्रेस विज्ञप्ति मार्फत विभिन्न ४ सुत्रीय माग सार्वजनिक गर्दै उनीहरु आन्दोलनमा उत्रिका हुन् । 
सात महिनादेखि तवलविहीन रुपमा काम गर्दै आइरहँदा पनि तलव सुविधाको सुनिश्चितता नदेखिएको हुँदा आजको मिति २०८१/०१/१२ गते बुधबारबाट विद्यालयको सम्पुर्ण गतिविधि स्थगन राखी संघर्षमा उत्रिएको विद्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।उनीहरूले माग सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिदै सशक्त संघर्षमा उत्रिन बाध्य हुने चेतावनी समेत दिएका छन् ।  
बैशाख महिनाभित्र अभिभावक भेला गर्ने, यसअघि भएका शिक्षक स्टापहरुका निर्णय कार्यान्वयन गर्ने, पाठ्यपुस्तक तथा दिवा खाजाको अविलम्ब व्यवस्था गर्नुपर्ने, शिक्षक – कर्मचारीहरुको तलब अविलम्ब भुक्तानी गर्नुपर्ने माग उनीहरुको छ । 
शिक्षक- कर्मचारीहरु आन्दोलनमा उत्रिएपछी विद्यालयका पठनपाठनसहितका सम्पुर्ण क्रियाकलाप प्रभावित भएको स्थानीयले जनाएको छ ।