• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

रंग र अवीरको पर्व होली (हाली पूर्णिमा) सनिकट आईपुगेको छ । वसन्त ऋतु आगमनको स्वागत सँगै उन्मादी वातावरणका बीच मनाईने होली आफैंमा आनन्दको परिचायक समेत मानिन्छ ।
तर होलीकै बहानामा रंग अबीर नरुचाउनेलाई पनि जबरजस्ती दल्ने वा निको होला हान्ने हिलो इनामेल लगायतका हानिकारक वस्तुको प्रयोगबाट गर्ने गरिएका घटना पनि यथाकदा हुने गरेका छन् । यसले आपसमा विवाद बढाउने, झै–झगडा र अशान्ति लगाउने कुरा तर्फ पनि ध्यान पु¥याउन जरुरी छ । होली भन्दै मदिरा तथा अन्य मादक पदार्थ ेवन गरी होहल्ला मच्चाउने, झगडा गर्न तम्सने तथा नशा सेवन गरी ट्राफिक नियम उल्लंघनका साथ सवारी साधन चलाउँदै दुर्घटना निम्त्याउने गरेको पनि छिटफूट देखिने गरेको छ । यसले चाडवाडको आनन्द भन्दा पनि अनावश्यक र अनपेक्षित अशान्ति मच्चाउने सक्ने भएकाले यस्तो काम होस् भन्ने तर्फ ध्यान पु¥याउन आवश्यक छ । होलीका नाममा हुलदंगा र झै–झगडा कसैलाई पनि स्वीकार्य हुँदैन । होलीको धार्मिक सन्देश भनेको असत्यमाथि सत्यको विजयका समयमा लिईने विषय हो । आफू भन्दा अग्रज उमेरका सँग आर्शिवादका रुपमा रंग, अबिर लगाई माग्ने तथा अनुजलाई अविर लगाई दिएर स्नेह र आर्शिवाद पस्किने हाम्रो मौलिक परम्परा छ । पर्वको यस्तो महत्पूर्ण अवसरमा होलीले दिने सन्देशलाई स्मरण गरी आपसी सद्भाव, मेलमिलापलाई अंगिकार गर्दै मर्यादित तथा शान्तिपूर्वक होली मनाउन सकियो भने त्यसको छुट्टै आनन्द राहनेमा शंका मान्नु पर्ने छैन ।
अतः शान्ति मनाउन सकियो भने त्यसको छुट्टै आनन्द होली पर्वको आनन्द उठाउँछौं । सबै भन्दा पावन वर्ष होलीको शुभकामना । शुभकामना ।