• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राजविराज नगरपालिका कार्यालय अगाडिको भगवती पोखरीको स्तरोन्नति तथा सौन्दर्यिकरणका नाममा ठूलो रकम खर्च भईसकेको छ ।
नगरपालिका देखि प्रदेश सांसदले समेत बजेट लगाएर काम गरे पनि सोच जस्तो स्तरीकरण चाहीँ अहिलेसम्म हुन सकिरहेको छैन । पटक–पटक खर्च गरेर पोखरीको अवस्था सुधार्ने भनिए पनि त्यहाँ ल्याएर फोहर मिल्काउने कार्य अहिले पनि रोकिएको छैन । विभिन्न नाममा पोखरी परिसरमा प्रवेश गर्ने, प्लाष्टिकजन्य फोहर पोखरीको पानीमा विसर्जन गर्ने जस्ता काम अहिले पनि भई नै रहेका छन् । पोखरीको प्रवेशद्वार (मूलगेट) मै पिसाब गरेर दुर्गन्धित बनाउने काम भएको त्यस आसपास जाँदा आउने गन्धले नै प्रमाणित गरी रहेको छ । पोखरीको पानी सुक्दै गएका कारण यही अवस्था रहे पानी बिनाको पोखरीको पो बन्ने हो कि भन्ने आशंका बढ्दो छ । भगवती मन्दिर, हरिनन्देश्वर महादेव, हनुमान मन्दिर लगायतका धार्मिक स्थलका रुपमा चिनिएको ठाउँमा रहेको पोखरी स्वच्छ, सफा र त्यस आसपासमा बोट वृक्षको व्यवसथा भई दिए यस क्षेत्रमा सर्वसाधारणलाई सुस्ताउन, सित्तलमा बस्न पनि उपयुक्त हुनेछ ।
यस बाहेक मन्दिर परिसरको पोखरी भएका कारण स्नान गर्नका लागि पनि उपयुक्त रहने गरी पोखरीको सफाई हुनसक्यो भने यसको उपादेयता बढ्ने कुरामा आशंका रहन्न । यस कुरालाई मध्यनजर गरेर मात्र पोखरीमाथि गरिने लगानीको पनि सार्थकता झल्किनेछ ।